विकासका लागि प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्ने–सांसद शाही


चैत ११, कालीकोट ।

कर्णाली प्रदेशका सांसद कुर्मराज शाहीले प्रदेशमा उपलब्ध प्राकृतिक स्रोतहरुको उच्चतम प्रयोगमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । रिपोर्टर्स क्लब नेपाल शाखा कालिकोटले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद शाहीले कर्णालीमा रहेको अथाह प्राकृतिक स्रोत साधनहरुको उचित उपयोग गर्न सकेमात्र बेरोजगारी समस्या समाधान हुनेमा जोड दिनुभयो ।

क्लबका अध्यक्ष विश्वनाथ सिमखाडको अध्यक्षतामा आयोजित साक्षात्कारमा नेता शाहीले भन्नुभयो, ‘कर्णालीका मानिसहरु सुन्दर प्राकृतिक छटाहरुको सिरान हालेर सुत्छन्, सिरानीभित्र स्रोतहरु राखेर अभावको भिख माग्ने स्थितिको अन्त्यका लागि आफू लागिरहेको भन्दै सांसद शाहीले, प्राकृतिक स्रोतहरुको उचित प्रयोग गर्न नसेकेकै कारण हजारौँ यूवाहरु खाडी मुलुकमा जानु परेकोमा दुख ब्यक्त गर्नुभयो । यो समस्या समाधानमा सबै एकजुट भएर रोजगारी सृजना गर्न र कालीकोटलाई समृद्धिको मार्गमा लैजानु आजको आबस्यकता भएको उहाँले भन्नुभयो ।’

‘तिला कर्णाली १ र २ मा ९ सय, ५० किलोवाट जलविद्युत उत्पादनको क्षमता छ, यसको उत्पादनमा सरकार लागिरहेको छ, कर्णालीमा खपत गरेर अरु प्रदेशमा समेत बेच्न सकिने भन्दै सांसद शाहीले हाइड्रो पावरको निमार्ण आफ्नो कार्यकालमा पहिलो प्रथामिकतामा राखेकोले तिला हाइड्रो पावर बैशाखको पहिलो सातैमा निर्माण कार्य प्रक्रिया शुरु हुने दाबी गर्नुभयो ।

कालीकोट जिल्लाका वर्तमान समस्याहरुको बारेमा सञ्चारकर्मीले सोधेको जिज्ञासामा उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले कर्णाली राजमार्गमा संचालन हुने गाडीहरुमा साईरन जडान गरिसकेको भन्दै राजमार्गलाई दुई लेनको बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले थप्नुभयो जिल्ला अस्पताल कालीकोटमा चिकित्सक नभएको स्थितिका बारेमा जानकारी गराइएको भन्दै सांसद शाहीले स्वाथ्य मन्त्रालयमा गएर तत्काल चिकित्सक पठाउन दबाब पनि दिएका छौँ, केही दिन मै चिकित्सक आउनु हुनेछ ।’