
२२ फागुन, सुर्खेत । वीरेन्द्रनगर सुर्खेत लाटीकोइलीमा रहेको बौद्ध गुम्बा निर्माण तथा संरक्षण समितिको अध्यक्षमा नर्बु गुरुङ्ग अध्यक्षमा चयन हुनुभएको छ ।
समितिको १६औं साधारण सभाबाट पुनः अध्यक्षमा गुरुङ्ग सर्वसम्मत चयनहुनुभएको हो । त्यस्तै सभाले उपाध्यक्षमा लालबहादुर गुरुङ्ग, सचिवमा लोकजंग रोकाया र सदस्यमा मुक्तिबहादुर गुरुङ्गलाई पुनः चयन गरेको छ ।
सभाले कोषाध्यक्षमा शान्ति गुरुङ्ग, सहसचिवमा किशोर रोकाय, सदस्यहरुमा रक्षा रोकाय, शम्भु रोकाय, पदम बहादुर रोकाय, लोकबहादुर गुरुङ्ग, सत्यमान महतरा र निषेधजंग शाहीलाई चयन गरेको छ ।
सभाका प्रमुख अतिथी रामबहादुर बुढाले नवनिर्वाचित पदाधिकारीहरुलाई गुम्बा निर्माण तथा संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।



Prawash Kumar Shakya । २२ फाल्गुन २०७७, शनिबार २०:०० बजे