
सुर्खेत, ३० असार ।
यहाँका तीन सय विद्यार्थीहरुलाई कम्प्यूटर साक्षर प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
कम्प्यूटर साक्षरता अभियान अन्तर्गत प्रोफेश्नल डिप्लोमा इन कम्प्यूटर एप्लिकेशन उर्तिण गर्ने विद्यार्थीहरुलाई शनिबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच राइटस्टेप एजुकेश्नल एकेडेमिसंगको सहकार्यमा डेल्टा कम्प्यूटर इन्ष्टिच्यूटले कम्प्यूटर साक्षरता प्रमाणपत्र वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै राइटस्टेपका म्यानेजर दिपेन्द्र पौडेलले अहिले समयमा प्रविधिको अत्न्तै महत्व रहेको भन्दै विद्यार्थीहरुलाई भविष्यमा यसले सहयोग पुग्ने बताए । उनले अहिले कम्प्यूटर सबैको अपरिहार्यजस्तै भैसकेकाले प्राविधिक जनशक्ति उत्पादन गर्नु राइटस्टेपको मुख्य उद्देश्य रहेको जानकारी दिए ।
डेल्टा कम्प्यूटरका प्रवन्ध निर्देशक कृष्ण कार्कीले गुणस्तरीय कम्प्यूटर शिक्षाका लागि राइट स्टेपसंगको सहकार्यमा आफूले सुर्खेतमा काम गरिरहेको जानकारी दिए । गत बर्षको कार्यक्रममा कम्प्यूटर साक्षरता हाँसिल गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र दिइएको उनले बताए । कार्यक्रममा दैलेख शाखाका प्रमुख हस्त रावल,नेपालगंज शाखाका यम पठन, नेपाल लाईफ इन्स्यूरेन्स सुर्खेतका प्रमुख प्रेम अर्याल, बुद्धिजीवी वासुदेव तिमिल्सेना लगायतले शुभकामना मन्तव्य दिँदै राइटस्टेपले विद्यार्थीहरुलाई कम्प्यूटरमा साक्षर बनाउन महत्वपूर्ण काम गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।



Milan Shrestha । ३० असार २०७५, शनिबार १०:१२ बजे