भारतमा नेपालीको दुःखः ५ सय भारुका लागि नदीमा हामफाले


‘मर्नु भन्दा बहुलाउनु बेस्’ भन्ने त नेपाली उखान नै छ । रोजगारका लागि भारतको अहमदावाद पुगेका एक नेपालीले यस्तै हर्कत गरेका छन् ।

काम नपाएर छटपटिएका नेपाली नागरिक देवेश खनाल एक साथीले ५ सय भारु दिन्छु भनेकै भरमा अहमदावादको सवरमती नदीमा हाम फाले ।

पैसा कमाएर घर पठाउन नसकेपछि डिप्रेसनको सिकार बनेका ४१ बर्षीय खनालले सवरमती नदी पौडी खेलेर तर्ने बाजी साथी सागर थापासँग लगाए । त्यसका लागि उनले ५ सय भारु पाउने सर्त थियो ।

तर, उनी नदीको करिव बीचमा पुगेपछि अल्तालिन थाले । उनले पौडी खेल्न सकेनन् र पानीले बगाउन थाल्यो । फायर व्रिगेडको टोलीले उनको उद्दार गरेको थियो । फायर व्रिगेडले उनको उद्धार गरेपछि अहमदावाद प्रहरीको जिल्ला लगायो । प्रहरीसँगको बयानमा उनले भनेका छन्(‘म यस शहरमा होटलको किचनमा काम गरिरहेको थिए । त्यसबाट दैनिक ४०० जति आम्दानी हुन्थ्यो ।’

उनले भने,’ तर मलाई अहिले पैसाको निक्कै जरुरी थियो । साथी सागरले ५०० दिन्छु भनेपछि नदीमा हामफालेँ ।’

पछिल्लो एक सातादेखि खनाललाई पैसाको निक्कै अभाव भएको थियो । यहाँसम्मकी उनीसँग खानाका लागि समेत पैसा थिएन । उनले धर्मशालामा खाएर जीवन निर्वाह गर्दै आएका थिए । प्रहरीसँग उनले भनेका छन कि ‘मेरो छोरा बिज्ञान विषय लिएर पढ्दैछ, उसको शिक्षाको लागि पनि मलाई पैसाको जरुरी छ । त्यसैले सवरमती पौडेर तर्ने बाजी स्वीकार गरेको थिएँ, तर नदीको बीचमा पुगेपछि सक्दिन जस्तो लाग्यो ।’

नदीबाट उद्धार गर्दा नगर्दै बाजी राख्ने उनका साथी सागर थापा भने त्यहाँबाट फरार भइसकेका थिए । प्रहरीसँग खनालले भनेका छन(‘म मेरो गाउँमा पनि कहिलेकाहीँ पौडी खेल्थेँ, त्यस अनुभवको आधारमा यो नदी पार गर्न सक्छु जस्तो लागेको थियो । तर तीन नम्बरको पिलरमा पुगेपछि सक्दिन जस्तो लाग्यो ।’

उनले प्रहरीसँग भने कि उनले विएस्सी तेस्रो बर्षसम्म अध्ययन गरेका छन् । आर्थिक संकटका कारण उनले पढाइ बिचैमा छाडेका थिए ।

६ बर्षअघि पिताको निधन भएसँगै परिवार पाल्नका लागि काम खाज्दै उनी भारतको अहमदाबाद पुगेका थिए । उनले त्यहाँ किचन सुपरभाइजर, म्यानेजर लगायतको तहमा रहेर काम पनि गरेका थिए ।

तर, कुनै स्थायी काम नहुँदा कहिलेकाहीँ भोकभोकै हुनुपर्ने अवस्था पनि थियो । अहमबाद बाहिर होटलमा पनि उनी काम गर्न गएका थिए, तर छाडेर पुनः शहरमै आए ।साभारः अनलाईन खबर डट कम ।