९ चैत्र, सुर्खेत । वातावरण संरक्षण अभियान अन्तरगत कोपिला भ्यालीले Go Green अभियान सम्पन्न गरेको छ
कोपिला भ्यालीको GO Green अभियानमा प्रदुषण रहित वातावरण परनिर्भरतालाई न्यूनिकरण गर्न र आत्म निर्भरतालाई प्रेरित गर्न विधुतीय साइकल कर्मचारीलाई वितरण गरि साइकल र्याली सुरु गरेको हो ।
अभियानको पहिलो दिन आज शुक्रवार साइकल र्र्यालीले कोपिला भ्यालीको प्रांगण देखि पुरानो अस्पतालको गेट गणेश चोक, नेवारे, देउती बज्यै, भाइरल रोड हुँनै काँक्रिबहारमा पुगी सम्पन्न गरेको छ । २५ जना सहभागी रहेको विधुतिय साइकल र्रयाली अब देखि प्रत्येक शनिवार हुने कोपिला भ्यालीले जनाएको छ ।




Prawash Kumar Shakya । ९ चैत्र २०८०, शुक्रबार १२:०९ बजे