३ साउन काठमाडौ
जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रहरीले लाठी चार्ज गर्दा करिब २ दर्जन सर्मथक विद्यार्थी घाइते भएका छन्।
घाइते २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । तनावका कारण घाइतेको उपचारसमेत हुन सकेको छैन। २० दिनदेखि जुम्लामा अध्ययनरत डा गोविन्द केसीलाई काठमाडौ ल्याउन नेपाली सेनाको हेलिकप्टर जुम्ला पुगेको थियो।
शिक्षा मन्त्रालयका सचिब खगराज बराल नेतृत्वमा केसीलाई लिन टोली जुम्ला पुगेका थियो । डा. केसीले काठमाडौ आउन नमानेपछि सरकारले बल प्रयोग गर्दा झडप भएको हो। नागरिकन्यूजबाट



Milan Shrestha । ३ श्रावण २०७५, बिहीबार ०७:०१ बजे