कर्णालीका सबै सभासद एउटै मञ्चमा सम्मानीत, देउडा बाटै सुझाव


कृष्णराज धमाला
सुर्खेत, माघ, २५
म तेरो कर्णाली भया, तो क्याकी भेरीहोई
बिचारले अर्कैकी रैछै, मायाले मेरीहोई
जुम्लाकी मार्सी धान् होइकी, सेराकी सेरीहोई
रातभरी सपना मेरा, नौली क्या गरीहोई
भाग्य कोर्ने भावीनिहोई, क्या भाग्य केरीहोई
माया गरी मलाई तड््पाई, क्या अर्को हेरीहोई
म तेरो कोलको साथी, गल्ति नतर फेरी
रुन्छ मन चिरीन्छ छाती, सम्झी ल्याउँदा खेरी

यी गीत कुनै देउडा खेल लगाउँदै गर्दा भनीएका होइनन् । यि गीत प्रतिनिधि सभा र राष्टिय सभामा कर्णालीबाट विजयी भएका सभासदहरुलाई सुर्खेतमा बिहिबार आयोजीत सम्मान कार्यक्रममा कार्यक्रमका सभापती लक्ष्मण सिंहले बाचन गर्नुभएको हो ।
कर्णाली बौद्धिक मञ्च सुर्खेतले एकै थलोमा बिभिन्न पार्टीबाट बिजयी सभासदहरुलाई सम्मान गर्न आयोजीत कार्यक्रममा कर्णाली र भेरी बिचको बिगत र बर्तमान संघिय प्रणालीमा मूलुक प्रबेश गरेको अबसरमा सिंहले माया अटुट् रही रहोस् भन्ने कामना गर्दै बाचन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै सभासद महेन्द्रबहादुर शाहीले समृद्ध कर्णाली प्रदेश निर्माण गर्ने अभिभारा जसरी पनि पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सभासद नरेश भण्डारीले सुनको सिरानी हालेर नुनको खोजी गर्ने दिनहरु अब टाढीएकोमा खुसी ब्यक्त गर्नुभयो । सभासद जीवनबहादुर शाहीले कर्णाली प्रदेशको विकासका लागि उदारा भाषण नगरी काम गर्नु पर्ने समय आएको बताउनु भयो । सभासद शोसीला शाही, दिनबन्धु श्रेष्ठ, डा. नन्दबहादुर सिंह लगायतका बक्ताहरुले समृद्ध प्रदेश निर्माणका लागि हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए ।
कर्णालीका सबै सभासदहरुलाई राजनीतिक दल भन्दा माथि उठेर विकासका मुद्धामा ऐक्यबद्धता गर्ने वातावरण सृजना गर्न एउटै मञ्चमा सबै दलका सभासदहरुलाई सम्मान गरीएको आयोजकले बताएका छन् ।