
२३ जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालित मानव सेवा आश्रममा आज लायन्स क्लब अफ सुर्खेत गढीले खाद्यान्न सहयोग गरेको छ ।
क्लबका अध्यक्षका लक्ष्मण कँडेलले अमेरिकामा बस्ने नेपालीहरुले करिब ४० हजार बराबरको खाद्यान्न सहयोग गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “अमेरिकामा रहेका बेस्टर्न हाडफोर्ड लुम्बिनी लायन्स क्लब र हार्डफोर्ड काउन्टी एभरेष्ट सेन्टियल लायन्स क्लबका अध्यक्षद्वय माधव आत्रेय र नरेन्द्र पन्त तथा चार्टर्ड प्रेसिडेन्ट कृष्ण कंडेल तथा पदाधिकारी तथा सदस्यहरुले मानव सेवा आश्रमलाई उक्त रकम बराबरको खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गर्नुभएको हो ।”
स्मरण रहोस सोही समूहको सहयोग केहीदिन अगाडी प्रदेश आयुर्वेद अस्पतालमा पनि खाद्यान्न सहयोग गरिएको थियो ।



Prawash Kumar Shakya । २३ जेष्ठ २०७८, आईतवार २०:१० बजे