
सुर्खेतः प्रा. डा. गोविन्द केसीको तस्बिर खिच्न गएका सुर्खेतका पत्रकारुलाई नेपाली सेनाका कर्णेलले फोटो खिच्न नदिई अपशब्द पनि प्रयोग गरेका छन् ।
२० दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत केसीलाई काठमाडौं लैजाने क्रममा नेपाली सेनाको हेलिकोप्टर सुर्खेतमा अवतरण गरेको थियो । केसीको तस्बिर खिच्न गएका सञ्चारकर्मीलाई सेनाका कर्णेल सागर थापाले अपशब्द प्रयोग गर्दै लखेट्न पनि आदेश दिएका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगको समन्वयमा हेलिकोप्टरमा रहेका केसीको तस्बिर खिच्न पत्रकार बिमानस्थलमा पुगेका थिए ।
तर कर्णेल थापाले अपशब्द प्रयोग गर्दै पत्रकारहरुलाई नै हप्काए । ‘ओई को हो त्यो ? लखेट यिनीहरुलाई’ थापाले भने ।
मुख्यमन्त्री शाहीले पत्रकारलाई तस्बिर खिच्न दिन सेनालाई आग्रह गरेका थिए । तर मुख्यमन्त्रीको आग्रह समेत कर्णेल थापाले लत्याइदिए । थापाले पत्रकारलाई तस्बिर खिच्न नदिएपछि मुख्यमन्त्री शाहीसमेत निरिह बन्दै विमानस्थलबाट बाहिरिए ।
साभारः अन्नपूर्ण पोष्ट ।



Milan Shrestha । ४ श्रावण २०७५, शुक्रबार ०३:२९ बजे