थुनामा रहेका व्यक्तिले गरे जेलमै आत्महत्या


बाँके । नेपालगञ्ज कारागारमा बलात्कारको अभियोगमा थुनामा रहेका एक व्यक्तिले आत्महत्या गरेका छन् । २७ वर्षका अरबिन्द बर्माले बुधबार बेलुका झुन्डिएर आत्महत्या गरेको कारागार प्रमुख श्याम लामिछानेले जानकारी दिनुभयो ।

कारागार भित्र रहेको मन्दिरको हुकमा प्लाष्टिकको डोरीले पासो लगाइ बर्माले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।साभारः नेपालगाथा ।THE-TRITNA-1