
नेपालगन्ज (बाँके) । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय समितिको कोषाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका पदाधिकारी र कर्मचारीहरुसंग भेटघाट गर्नुभएको छ ।
गत जेठ २६ गते मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय समितिको तदर्थ समितिको कोषाध्यक्ष पदमा प्रेमसागर कर्माचार्य मनोनित हुनुभएको थियो । मनोनित भएको पहिलो पटक प्रेमसागर कर्माचार्य नेपालगन्ज आएर भेंटघाट गर्नुभएको हो ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेमसागर कर्माचार्यले नेरेसो बाँके शाखा र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्रको निरिक्षण गरी, कर्मचारी भेंटघाट गर्नुभएको थियो ।
अवलोकनका क्रममा बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना र रक्तसंचार सेवा समितिका संयोजक राजकुमार वर्मा र कर्मचारीहरुसंग भेटघाट र समय सान्दर्भिक विषयमा छलफल गर्नु भएको थियो ।



Prawash Kumar Shakya । २१ असार २०८३, आईतवार १३:२४ बजे