
कर्णाली प्रदेशको विकट पहाडी जिल्ला मुगुमा एक भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा गठन भएको छ । स्थानीय स्वयंसेवी रक्तदाता बलि बहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा सकुन्तला बुढा, सितला मल्ल काेषाध्यक्ष, शक्क बुढा सचिवमा चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा जिग्मेद लामा, नवीन कार्की, मुकेश शाही, हिरा कुमाई, सुन्तला मल्ल, मैनामती वुढा र सनत हमाल चयन हुनुभएको छ । यस्तै सल्लाहकारमा डा. नहकुल शाही, जय बहादुर मल्ल, रुप बहादुर मल्ल र डा. पुष्पराज भाम चयन हुनुभएको छ ।
समितिको पदेन सदस्यमा नेपाल पत्रकार महासंघ, नागरिक समाज, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनालाई मनोनय गरिएको छ । भेला जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन कार्कीको प्रमुख आतिथ्यता एवं उपप्रमुख नैली कार्की, प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको अतिथ्यता सम्पन्न भएको थियो ।



Prawash Kumar Shakya । २१ असार २०८३, आईतवार १४:११ बजे