
सुर्खेत,४ साउन । प्रत्येक घटनाहरुमा राजनैतिक दबाब नुहने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चर्तुवेदीले कुरा बताउनु भएको हो ।
आर्थिक बर्ष २०७४–२०७५ मा सम्पादन भएका प्रहरी गतिविधि बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चर्तुवेदीले हरेक घटनाहरुमा राजनैतिक दबाब नहुने बताउनु भएको छ।चर्तुवेदिका अनुशार राजनैतिक दलहरुबाट घटनाहरुमा दबाब दिनु भन्दा पनि घटनाका बारेमा बुझ्न आउने र घटनाहरु माथि आग्रह स्वरुपको दबाब दिने गर्दछन् ।
यसै गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले आ.व. २०७४–७५ मा जुवातास सम्बन्धी १६ वटा मुद्दा दर्ता भएको र यसबाट ८९ जनालाई पक्राउ गरी ३९ लाख ६७ हजार ५ सय ४५ रुपैयाँ बरामत गरेको जानकारी दिएको छ । शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी जानकारी जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको हो।
गुण्डा गर्दिका १ सय ६३ वटा मुद्दा दर्ता

यसैगरी गुण्डा गर्दिका १ सय ६३ वटा मुद्दा दर्ता भएको समेत जानकारी दिएको छ। यस्तै गुण्डा गर्दिमा संलग्नन २ सय ५२ जनालाई पक्राउ गरेको मध्ये ठेक्का पट्टा, होटल रेष्टुण्टहरुसंग अबैध रुपमा रकम असुली गर्नै गिरोह माथि प्रहरीले निगरानी राख्दै कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
अबैध मदिराका लागि ३७ हजार लिटर कच्चा पदार्थ बरामत

यस्तै जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्बेदीका अनुसार अबैध मदिरा नियन्त्रणमा ३७ हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामत गर्नुको साथै २८ हजार लिटर तयारी मदिरा तथा १ सय ३९ सेट उत्पादन गर्ने भाँडाकुडा बरामत गरेको छ ।
यस्तै लागु पदार्थ सेवनबाट जोगिन युवा लक्षित ४० वटा सचेतना मुलक कार्यक्रम मार्फत ४ हजार विधार्थीलाई प्रशिक्षण दिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहरीले विभिन्न क्षेत्रहरुबाट ब्राउन सुगर ४३ ग्राम तथा चरेश ५८.५ किलो ग्राम समेत बरामत गरेको जानकारी दिएको छ । साथै जिल्ला प्रहरी कार्यालयले सरकोकारवाला तथा समुदायसंग विभिन्न अपेक्षा समेत राखेको छ ।




Milan Shrestha । ४ श्रावण २०७५, शुक्रबार १५:०७ बजे