प्रवाशकुमार शाक्य
१८ सुर्खेत, सोमवार
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले यस अघि विश्वविद्यालयलाई उपभोगीय अधिकार हस्तान्तरण गर्ने प्रक्रियामा रहेका सुर्खेत उपत्यका र यसको आसपासका सामुदायिक वन उपभोक्ता समूहहरूका अध्यक्ष एवम प्रतिनिधिहरूसंगको बैठक केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ |
१८ सुर्खेत, सोमवार
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले यस अघि विश्वविद्यालयलाई उपभोगीय अधिकार हस्तान्तरण गर्ने प्रक्रियामा रहेका सुर्खेत उपत्यका र यसको आसपासका सामुदायिक वन उपभोक्ता समूहहरूका अध्यक्ष एवम प्रतिनिधिहरूसंगको बैठक केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ |
उक्त बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई आफु अन्तर्गतका जग्गा जमिनहरू विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको सन्दर्भमा हस्तान्तरणको प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउनका लागि नेपाल सरकार वन मन्त्रालयको राय सुझाव अनुसार पुन: सामुदायिक वन उपभोक्ता समितिलाई विश्वविद्यालयको तर्फबाट मिति २०७२/१०/१७ गतेको कार्यकारी परिषदको निर्णयानुसार आफ्नो मातहतको उपभोक्ताहरूको भेला बोलाई कम्तिमा दुई तिहाईको निर्णयबाट विश्वविद्यालयलाई आफ्नो उपभोगीय अधिकार हस्तान्तरण गर्नका लागि नेपाल सरकारसँग अनुरोध गर्ने र विश्वविद्यालयले जिल्ला वन कार्यालय सुर्खेत मार्फत हस्तान्तरणको प्रक्रिया अगाडी बढाउनु साथै उक्त प्रक्रियामा जिल्ला प्रशसान कार्यालय, जिल्ला विकास समिति र जिल्ला वन कार्यालयले सहयोग र सहजीकरण गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए |
बैठकमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले सुर्खेतको पहिचान मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बनाउने गरी यहाँका जनताहरुले गरेको योगदान अतुलनीय रहेको भन्दै यसका लागि सामुदायिक वनहरूले आफ्नो उपभोगीय अधिकार विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय हुनु एकदमै सराहनीय कदम भएको बताए | सामुदायिक वनहरूले देखाएको यो कदमका कारण अहिले विश्वविद्यालय राष्ट्रिय योजना आयोगको प्राथमिकता क्रमको नम्बर १ मा पर्न सफल भएको भन्दै उपकुलपति प्रा.डा. कोइरालाले अबको विश्वविद्यालयको रेखांकन गर्न विसवर्षे रणनीतिक योजना निर्माणको अभियानमा विश्वविद्यालय रहेको समेत दाबी गरे | विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालयलाई भौतिक पूर्वाधार सहितको दीर्घकालीन योजना निर्माण गर्न अहिले सामुदायिक वन उपभोक्ता समूहले गरेको योगदानले यस क्षेत्रको सन्तुलित विकासमा टेवा पुग्ने धारणा राखेका थिए |
त्यसैगरी स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले विश्वविद्यालय बनाउने अभियानको एक हिस्सेदार निकाय भएकोले जिल्ला विकास समिति सरोकारवाला संघ/संस्थाहरूसँग सहकार्य अगाडी बढ्न तयार रहेको बताए| निमित्त प्रमुख जिल्ला अधिकारी हित प्रसाद पौडेलले कानुनी प्रक्रियामा रहेर भौतिक संरचना निर्माणका लागि उपयुक्त हुने गरी प्रक्रिया आगाडी बढाउन सहयोगी हुने प्रतिबद्धता जनाए | जिल्ला वन कार्यालयका निमित्त कार्यालय प्रमुख सुर्य प्रसाद शर्माले जिल्ला वन कार्यालयले पुरा गर्नुपर्ने सबै कानुनी प्रक्रियामा सहजीकरण र सहयोग गर्न आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने बताए |
उक्त बैठकमा अम्बिकादेवी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम आचार्य र सल्लहाकार भोज प्रसाद चपाई , सदस्य पूर्णलाल तिमिल्सेना, जनकल्याण सामुदायिक वन उपभोक्ता समुहकी सचिव भावना सापकोटा, जागृति सामुदायिक बन उपभोक्ता समुह , नेवारे वन उपभोक्ता वन उपभोक्ता समुहका अध्यक्ष कृष्णबहादुर रायमाझी र सचिव विष्णु देवकोटा, ऐश्वर्य महिला समदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष प्रेम बहादुर वली र सल्लहाकार टोप बहादुर डाँगी र सानो सुर्खेत सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जयलाल पुरी र सह सचिव देवकुमार वली सहभागी भएका थिए |



Milan Shrestha । १९ माघ २०७२, मंगलवार १२:३० बजे