कवितामा तात्यो कर्णाली ( फोटो फिचर)


कृष्णराज धमाला
वैशाख १८,सुर्खेत ।

यूवा कवि नवराज पराजुलीका कविताले कर्णाली प्रदेशको राजधानी सुर्खेत आज तातेको छ । सगरमाथाको गहिराई, च्याउ, मोक्ष, मैजारो,हेप्पी बर्थडे र बुढोरुख लगायतका कविताले सुर्खेतको माहोल तालेको हो ।

अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजीत पहिलो कर्णाली कविता कन्सर्टमा कवि पराजुलीले बाँसुरीको धुन सँगै वाचन गरेका कविताले दर्शकहरुलाई मनोरञ्जनको साँटो जीवन उपयोगी शन्देस र बर्तमान परीबेसलाई झल्काएको छ ।

प्रतिष्ठानका अध्यक्ष निराजन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कवि पराजुलीका कविता सुनेर श्रोताहरुले कवितामा वास्तविकता ओकलेको भन्दै सृजना उच्च कोटीका भएको टिप्पणी गरे ।

कविता सुनिसकेपछि मध्यपश्चिम विश्वविद्यालयका रजिष्टार डा. महेन्द्रकुमार मल्लले नवराजका कविता उच्च कोटीका भएको टिप्पणि गर्दै कथा र कविताको समिश्रण मानीने कविताले वास्तविकता बिम्बमा उतार्न सफल भएको धारणा राख्नुभयो ।

कालीकोट र सुर्खेतबाट सञ्चालन गर्ने गरी सुबिधा सम्पन्न एम्बुलेन्स खरिदका लागि आयोजीत कविता कन्सर्टमा बोल्दै आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कर्णाली भोकमरी, पीडा, समस्या जस्ताको पात्र भएकाले अनमोल स्मृति प्रतिष्ठानका जस्तै परोपकारी कार्य गर्न सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री ज्वालाले प्रदेश सरकारले आजै आकस्मीक सेवा सम्बन्धि बिधेयक ल्याउने र सोही दिन यस्तो परोपकारी कार्यको थालनी गर्नुलाई राम्रो शन्देस भएका भन्दै एम्बुलेन्स ल्याउने बिषयमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बरिष्ट कलाकार प्रेमदेव गिरीको मादलको ताल, ज्ञानबहादुर नेपालीको बाँसुरीको धुन, मनु मन्दिर अन्य कलाकारहरुको नृत्यले पनि थप रोचक बनाएको कन्सर्टमा वाचन गरीएका कवि पराजुलीका कविताको वास्तबिकतामा डुबेर केही श्रोताहरुले मन खोलेरै आँसु झारेका थिए भने कोहीले मन भारी बनाएका दृष्यहरु देखिएका थिए ।

अनमोल एम्बुलेन्स सञ्चालनका लागि सहयोग गर्ने सहयोगीहरुलाई कार्यक्रमा सम्मान समेत गरीएको थियो ।