कर्णाली प्रदेश मन्त्रीपरिषद बैठक सम्पन्न


६ श्रावण, सुर्खेत । आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठक विभिन्न निर्णयहरु गर्दै सकिएको छ ।

मन्त्रीपरिषद बैठकले बाढी पिडितहरुका समस्या समाधान गर्नकालागि आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा उच्चस्तरिय बाढी पिडित समस्या समाधान समिति गठन गरेको छ ।

समितिमा सदस्यहरुमा समाजसेवीहरु खड्कबहादुर विक, ललितजंग महत,यज्ञप्रसाद ढकाल, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्रालय,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदका सचिवहरु र आन्तरिक मामिला तथा कानुन मन्त्रालका सचिव समितिको सदस्य सचिव रहनुभएको छ ।

त्यस्तै बैठकले कर्णाली प्रदेश सरकारको लोगो निर्माण गर्ने र सार्वजनिक खरिद विधेयकको मस्यौदा-२०७५को निर्माणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।