
१८ पौष, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ग्राहकहरुलाई चुस्त र प्रभावकारी ढंगले सेवा प्रवाह गर्न राष्ट्रिय बाणिज्य बैंक कर्णाली प्रदेश कार्यलयलाई आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले आज एक समारोहका वीच राष्ट्रिय वाणिज्य बैँकको कर्णाली प्रदेशमा प्रादेशिक कार्यालय उद्घाटन गर्दै यस्तो आग्रह गर्नुभएको हो ।
कार्यक्रममा राष्ट्रिय बाणिज्य बैँकका नायब कार्यकारी अधिकृत कविराज अधिकारीले बैंकको प्रादेशिक कार्यालयले प्रदेशमा रहेका बैँक शाखाहरुको अनुुगमन, सेवालाई प्रभावकारी गराउन सहज वातावरण बनाउने कामहरु गर्ने बताउनुभयो ।
नायब कार्यकारी अधिकृत अधिकाले बैंकले चाँडै नै कर्णाली प्रदेशको सल्यान र पश्चिम रुकुममा शाखा विस्तार गर्न लागेको जानकारी दिँदै कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा राष्ट्रिय बाणिज्य बैैंकको कारोवार भैरहेको र राजधानी वीरेन्द्रनगरमा सेवाग्राहीहरुलाई मध्यनजर गर्दै थप एउटा शाखा खोल्न लागेको बताउँदै पञ्चपुरी नगरपालिका बैँकको काउण्टर पनि संचालनमा जानकारी दिनुभयो ।



Milan Shrestha । १८ पुष २०७६, शुक्रबार १७:११ बजे