अशोक राजी
११ चैत्र सुर्खेत
पुर्वी सुर्खेत काे धारापानी गाविसमा वाख्रामा लाग्ने पिपिअार राेग विरुद्धको दुई दिने खाेप कार्यक्रम अाज चैत एघार गते सम्पन्न भएको छ ।
जिज्ला पशुसेवा कार्यालय सुर्खेत काे यश वर्षको वार्षिक खाेप कार्यक्रम अन्तर्गत उक्त खाेप कार्यक्रम सम्पन्न भएको हाे ।
पशुसेवा केन्द्र सहारे अन्तर्गत नौहजार वाख्रामा खाेप लगाईने कार्यक्रम अन्तरगत धारापनि गाविसमा तीन हजार वाख्राहरुमा पिपिअार राेग विरुद्धको खाेप कार्यक्रम सम्पन्न भएको र सहारे सेवा केन्द्र अन्तरगत मालारानि गाविसकाे वडानम्वर नौमा भाेलि चैत वाह्र गते एक दिने खाेप कार्यक्रम सञ्चालन गरिनेर एक हजार वाख्रालाई खाेप लगाउने कार्यक्रम रहेकाे ।
र मेहेलकुना ,सहारे र घुमखहरे गाविसहरुमा पनि त्तकाल उक्त खाेप कार्यक्रम सञ्चालन गरिने पशुसेवा केन्द सहारेका प्रमुख हिमराज डिसिले जानकारी दिनुभयो ।



Milan Shrestha । ११ चैत्र २०७२, बिहीबार १८:१४ बजे