बस र मोटरसाईकल ठोक्किदा दुई घाइते


छिन्चु–जाजरकोट सडक खण्डको रामघाट स्थिaaaत राताचौरमा मोटरसाईलक दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । छिन्चुबाट सल्लिबजारतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बसमा छिन्चुतर्फ आइरहेको भे ३ प ९८६४ नम्बरको मोटरसाईकल ठोक्किदा दुई जना घाईते भएका हुन् ।

घाईते हुनेमा मोटरसाईकलमा सवार मालारानी–४ बस्ने २८ वर्षिय विकाश शाही र उनका भाई २१ वर्षिय विष्णु शाही घाइते भएका छन् । विष्णुको हात भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।साभारःपश्चिम नेपाल अनलाईन ।