कर्णाली प्रदेशको आर्थिक विकास, पर्यटन मुख्य क्षेत्रः मुख्यमन्त्री शाही


९ श्रावण, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्र मुख्य विकल्प भयको बताउनुभयको छ । नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले पर्यटनको विकासका लागी सरोकारवाला निकाय संथ सहकार्य गरेर जान तयार रहेको बताउनुभयो ।

अन्तरक्रियामा कर्णाली वन वातावरण उद्योग पर्यटन मन्त्री नन्दसिङ्ग बुढाले सरकारले पर्यटनलाई प्राथमिकता राखेको भन्दै यहाँका नागरिकको जिवनस्तर माथी उठाउनका लागी ग्रामीण पर्यटनलाई जोड दिनुपर्ने बताउनुभयो । मन्त्री बुढाले कर्णाली रारा पर्यटन वर्ष सफल पार्नु कर्णाली सरकारको अहिलेको पहिलो प्राथमिकता भएको भन्दै पर्यटन र उद्योग संगसंगै जोडेर लैजाने बताउनु भयो ।

नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनीराम शर्माले कर्णालीमा प्रशस्त पर्यटकिय सम्भावना रहेको भन्दै प्रदेश सरकार र स्थानीय सरकार सहकार्य गरेर जानुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा हरीहर न्यौपानेले कर्णालीमा विभिन्न साहसिक खेल, घोडा सवारी, जल यात्रा, प्यारागलाडिङ, धार्मिक तथा सास्कृतिक पर्यटन तथा पदमार्गको सम्भावना रहेको कार्यपत्र प्रस्स्तुत गर्नुभएको छ । उहाँले कर्णालीमा अहिले सम्म ९२ वटा पर्यटकिय क्षेत्र पहिचान भएको भन्दै अब नयाँ क्षेत्रहरुको खोजी गर्नुपर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रमलाई समापन गर्दै नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेशका अध्यक्ष अशोककुमार सिंहले जसरी स्वास्थ्यमा विभिन्न रोगका चिकित्सक हुन्छन् त्यसरी नै पत्रकारहरुले पत्रकारिता क्षेत्रमा कलम चलाउनुपर्ने बताउनुभयो ।