कर्णालीमा १०१ उत्कृष्ट गन्तव्य बनाउनु पर्ने -मन्त्री बुढा


११ साउन,सुर्खेत

कर्णालीमा १०१ उत्कृष्ट गन्तव्य बनाउनु पर्नेमा उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उद्घोष गर्नु भएको छ ।

नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनीराम शर्मा लगाएत कर्णाली प्रदेश र कर्णालीका पदाधिकारीहरुकाे  टोलीसँग उहाँकाे निवासमा भएको भेटघाटको क्रममा सोकुरा बताउनु भएको हो ।

पर्यटनका  बिषयमा जानकार हरीहरु न्यौपानेले तयार पार्नुभएको प्रतिवेदनमा  कर्णालीका उत्कृष्ट ९२ वटा पर्यटकिय स्थलहरुको जानकारीमाथी छलफल गर्दै उहाँले सोकुरा बताउनु भएको हो । कर्णाली पर्देशमा पर्यटन पत्रकार संघ  कर्णालीमा पर्यटन प्रवर्धनका  बिषयमा  अग्रसर भएकाेमा खुशी ब्यक्त गर्दै , पर्देश सरकार र स्वयं आफै पनी गम्भिर भएको र यसकालागी सबैसँग हातेमालो गरेर अगाडी बढ्नु पर्ने मा जोड दिनु भएको छ ।