साउन १५, सुर्खेत ।
विरेन्द्रनगर नगरपालीका सुर्खेतका मेयर देवकुमार सुवेदीलाई चुनावमा आफूले नागरिकहरुका माझ गरेका प्रतिबद्धताहरु पुन स्मरण गर्न मेयर पदमा पराजीत गेहेन्द्रप्रसाद दहालले अनुरोध गर्नुभएको छ ।
मेयर मार्फत उपप्रमुख मोहनमाया ढकाल (भण्डारी) लाई पनि सम्बोधन गरीएको पत्रमा उहाँले लेख्नु भएको छ,
०७४ बैसाख ३१ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा विरेन्द्रनगर नगरपालीका सुर्खेतको मेयर पदमा चुनावि प्रतिष्पर्धामा होमिय पनि मैले मत जित्न सकिन, मेरा प्रतिस्पर्धीहरू मध्ये आदरणीय देवकुमार सुवेदी ज्यू हजुरले विरेन्द्रनगरवासि मतदाताहरूको धेरै मत लिएर नगर प्रमुख पद जित्नु भएको छ । आजसम्म मतलिए पछि विरेन्द्रनगरका मतदातालाई कति कति ? कहाँ कहाँ ? कुन कुन समयमा ? कसरी दिइरहनु भएकोछ ? मत दिएका नगरका मतदातालाई के के दिनुभयो ? आदरणीय हाम्रा मेयर ज्यू हजुरले घोषणा पत्रमा उल्लेख गर्नुभएका प्रतिवद्धताहरू र जनता माझमा गर्नुभएका बाचाहरू कति प्रतिशत पुरा गर्नु भयो ? समिक्षा गर्नुहोला र तथ्य प्रमाण सहित विधि र पद्धति अनुरूप सम्पादित कार्यहरुको फेरिस्त मतदाताहरूले हामि सँग माग गर्नु भएको तर हामि सँग सो जवाफ नभएको हुँदा नगरवासिलाई चित्तबुझाई तपाइले नेतृत्व सम्हाले पछिका सम्पूर्ण जानकारी उपलव्ध गराउनु हुनेछ भन्ने विश्वास लिएको छु । नगरवासि नागरिकहरू तपाइसँग उत्तर माग्न आउदैछन्, जसको नेतृत्व म पराजित मेयर स्वयम् गर्ने छु र सो को जानकारी हजुरलाई यहि पत्र मार्फत जानकारी गराउन चाहान्छु । भारी मतले निर्वाचनमा नगर प्रमुख जित्नु भएका तपाई र जनताको मतले पराजित भएका तर जनताको मन जितेका तपाइका प्रतिस्पर्धीहरू पनि हजुर जत्तिकै अति जिम्मेवार ढंगले जनताको सेवा गरिरहेकाछन् भन्ने कुरा बिनम्रता पूर्वक स्मरण गराउन चाहान्छु । म निर्वाचनमा जाँदा मतदाता सामु प्रस्तुत् गरेका बाचाहरू यहाँ भिडियोमा रेकर्ड गरिएको हुबहु यसै विद्युतिय पत्र साथ पेश गरेको छु र मैले मतदाता माझ प्रस्तुत् गरेको घोषणा पत्र हजुरसंग भेट गर्ने समयमा लिएर आउने बाचा गर्दछु । तपाइको नेतृत्वको सफलताको कामना गर्ने विरेन्द्रनगर नगरपालिकाका मेयर पदमा पराजित उम्मेदवार एवम् तपाइको शुभेच्छुक ।
नोट बिद्युतिय पत्र विरेन्द्रनगर नगरपालिकाका उप प्रमुख मोहनमाया ढकाल (भण्डारी ) ज्यू मार्फत प्रस्तुत् गरेको व्यहोरा समेत निवेदन गर्दछु किनकि यि सबै गहन विषय र व्यहोराका जिज्ञासाहरू बिल्कुलै समान प्रकृतिका भएको व्यहोरा आदरणीय उपप्रमुख ज्यूलाई पनि बाचाहरू र घोषणा पत्रका प्रतिवद्धताहरू स्मरण गर्न सादर अनुरोध गर्दछु । बाँकी भेटमा बिस्तार । नेपालको जय होस् ! नेपालीको जय होस् !
गेहेन्द्रप्रसाद दहाल
कर्णाली प्रदेश संयोजक एवम् केन्द्रीय सदस्य
विवेकशील साझा पार्टी



Milan Shrestha । १५ श्रावण २०७५, मंगलवार ०४:५० बजे