
पौष १३, सुर्खेत ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष रामबहादुर बुढाले प्रदेशका ४ वटा जिल्लामा तत्काल शाखा गठन गरिने बताउनु भएको छ ।
प्रदेश अन्तरगतका मुगु, हुम्ला र डोल्पा जिल्लामा हालसम्म शाखा नै गठन नभएको र कालीकोटमा गठन भई निष्कृय भएकाले ति सबै जिल्लाहरुमा शाखा गठनको अभियानान सञ्चालन गरिएको बताउनु भएको हो ।
प्रतिष्ठानको प्रदेश कमिटि निर्माण भएसँगै सबै जिल्लाहरुमा शाखा गठन गरि सक्रियता बढाउँदै गीत संगितको क्षेत्रमा क्रियाशिल बनाउने अभियान थालिएको अध्यक्ष बुढाको भनाई छ । प्रदेश कमिटि निर्माण भएसँगै कार्यालय ब्यबस्थापनको तयारी भइरहेको जानकारी दिदै अध्यक्ष बुढाले यस क्षेत्रको गीत संगितको श्रीबृद्धिका लागि क्रियाशिल भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रदेश कमिटि अविभावकत्व निभाउन पछि नपर्ने बताउनुभयो ।



Milan Shrestha । १३ पुष २०७५, शुक्रबार १०:०७ बजे