‘राम्रो कामको आलोचना भए पनि स्वागत गर्छौ’ – उपसभामुख घर्ती


सुर्खेत,१८ साउन । कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले सरकारले गरेको राम्रो कामको आलोचना गर्दा स्वागत गर्ने बताएकी छन् । हिजोे(बिहिबार) देखि सञ्चालनमा रहेको संसदीय पत्रकार मञ्च कर्णाली प्रदेशले गरेकोे संसदीय मामिला रिर्पोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन गर्दै उपसभामुख घर्तीले यस्तो बताएकी हुन् ।
पत्रकारहरु समाज परिवर्तनका मुख्य आधार भएको भन्दै उनले समाजमा रहेका विभिन्न किसिमका विकृतिहरु चिरफार गर्नुपर्नेमा जोड दिईन् ।
यस्तै कार्यक्रमका प्रशिक्षक जगत नेपालले इमान्दारिता, निरन्तरता र मिहेनतका साथ काम गरे जहिले पनि सफल हुने बताए, यस्तै कार्यक्रममा बोल्दै अर्का प्रशिक्षक माधव ढुङ्गेलले पत्रकारहरु संसदका महत्वपूर्ण अंङ्ग भएकाले पत्रकारहरुलाई संसदको हिस्साको रुपमा बुझ्न आग्रह गरे ।
संसद सचिवालयको सहयोगमा २ दिनसम्म सञ्चालन भएको कार्यक्रममा उपस्थित पत्रकारहरुले संसद रिर्पोटिङको बारेमा राम्रो अभ्यास भएको जानकारी दिएका थिए । धेरै अन्यौलताका भएका विषयहरुका बारेमा आफुहरु प्रष्ट भएको सहभागीहरुले बताएका थिए ।
साभारः नेपालगाथा ।