संवाददाता दलामीलाई पितृ शोक


असार,११ सुर्खेत । यस अनलाइनका संवाददाता श्री पदमबहादुर दलामीलाई पृत्रीशोक परेको छ । यहि असार १० गते मंगलवार ४ः४५ बजे उहाँका  पुजनिय पिता हिरेकामीको ८३ वर्षको उमेरमा स्वर्गारोहण भएको हो । बिगत लामो समय देखि दमको रोगी रहनु भएका कामीको उपचारका क्रममा सुर्खेत अस्पताल ल्याउने तयारी गरिरहेको अवस्थामा आफ्नै निवासमा असामयिक निधन भएको संवाददाता दलामीले बताउनु भयो ।

मृतको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त गर्ने कामना गर्दछौं ।

द त्रिरत्न, परिवार