लामोदुरीका धावक एवम् विश्व पर्वतारोही संजय पण्डितले ११ घण्टा ४१ मिनेट ५७ सकेन्डसम्म निरन्तर उल्टो दौडेर काठमाडौँ कोटेश्वरदेखि काभ्रेको दोलालघाटसम्मको ५२.२ किलोमिटर दौडेर पार गरेका छन्।
अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को उल्टो हिडेर नोबेम्बेर २२,२०१४ मा सफल आरोहण गरेको दिन पारेर उनी सहित नेपालका चर्चित म्याराथन धावक भूमिराज राई, म्याराथन धावक सुरेन्द्र बस्नेत, केन्याका धावक पिटर मोंगे लगायत १० जनाको टोलीले साथ रहेको थियो।
पण्डितले निरन्तर उल्टो हिडेर पार गरे भने अन्य धाबकले सुल्टो हिडेर निर्धारित दूरी पार गरका थिए।
मंगलबार ७ बजेर २५ मिनेटमा काग्रेंस नेता डा. रामशरण महत ,नेपाल पुलिस ट्राफिक प्रमुख डिआइजी प्रकाश अर्याल, हिसांनका अध्यक्ष रमेशकुमार सिलवाल, पूर्व सांसद वीरबहादुर सिंह लगायतले संयुक्त रुपमा उल्टो दौड उद्घाटन गरेका थिए।
संजय सहितको टोलि दोलालघाटमा मंगलबार बेलुका ८ बजेर १४ मिनेटमा पुग्न सफल भएका थिए।
पण्डितको टोलीलाई दौड अवधिभर नेपाल पुलिस तथा ट्राफिक पुलिसले साथ दिएको थियो।
पण्डित लामो दुरीका धाबक एबम सगरमाथा लगायत विश्वका चर्चित हिमाल आरोहण गरेको विश्व पर्वतारोही पनि हुन्।
पण्डितले २४९५ कि मि लामो दुरीको दौड पनि दौडिएसकेका छन्।
आउने नोवेम्बेर २२ का दिन पारेर उल्टो दौड म्याराथन प्रर्तियोगिता राखिने कुरा पनि पण्डितले जानकारी दिएका छन्।
साभारः नेपालखबर अनलाइन



Prawash Kumar Shakya । ८ मंसिर २०७३, बुधबार १४:२७ बजे