एचआइभी संक्रमणको पीडा भोग्दै ५२ महिला


बिष्णु शर्मा

साउन २०, दैलेख ।

दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठवीस नगरपालिका राकम कर्णालीमा ५२ महिलाहरु एचआइभी संक्रमीत छन् । रोजगारको सिलसिलामा भारत गएका श्रीमानबाट आफुमा सरेको महिलाहरु बताउँछन् ।

संक्रमणबाटनौ श्रीमान गुमाएका महिलाहरु अधिकार प्राप्ति र समाजमा भएका भेदभाव विरुद्ध लड्न संगठित भएका छन् । बाख्रा पालन र अन्य सजिला व्यावसायमा स्थानीय सरकारले सहयोग गरे जीवन चलाउन सहज हुने संक्रमित धर्मा बुडुलाले बताइन् ।

कर्णाली स्वास्थ्य केन्द्रबाट निशुल्क औषधि सँगै संक्रमित महिलाहरुलाई पोषिलो आहार, स्थानीय स्तरमा रोजगारी र व्यवसाय प्रर्वद्धनको लागि स्थानीय सरकारले चासो बढाएको आठवीस नगरपालिका दैलेखका प्रमुख खड्कराज उपाध्यायले बताएका छन् । नगरपालिकाले पोषणमा सहयोग पुगोस भनेर मासिक पाँच सय रुपैयाँको दरले संक्रमितहरुलाई भत्ता प्रदान गरिरहेको छ । नयाँपत्रिकाबाट