लायन्सको दोश्रो क्याबिनेट सुर्खेतमा हुने


फोटोः विजय पराजुलीको फेसबुकबाट

भाद्र १५, सुर्खेत ।

लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालको दोश्रो क्याबिनेट बैठक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ ।

आगामी कार्तिक १० गते हुने बैठकमा स्वदेशी तथा बिदेशी गरि करिब २५ सय जति हामी सेवा गर्छौ भन्ने भावनाका उद्योगी, ब्यापारी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राध्यापक तथा बुद्धिजिवी, पत्रकारहरुको सहभागीता हुने आयोजकले जानकारी दिएको छ ।

वीरेन्द्रनगरमा आज (शुक्रवार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै मूल समारोह समिति संयोजक धनबहादुर रावतले प्रदेशको धार्मिक, साँस्कृतिक र ऐतिहाँसिक क्षेत्र, स्थानिय उत्पादनको प्रवर्धन हुने, ब्यापार ब्यबसायमा बृद्धि हुने, पर्यटनको बिकासमा टेवा पुग्ने, परम्परा रितीरिवाज र सँस्कृतिको आदान प्रदान हुने, कर्णाली प्रदेशलाई नेपाल र विश्वभर चिनाउन क्याबिनेटले मद्दत गर्ने बताउनु भयो ।

क्याबिनेट बैठक सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति गठन गरेर काम भइरहेको जानकारी दिदै हरिहर बस्नेतले सुर्खेतमा सन् २००६ देखि सुर्खेतमा स्थापित भएको लायन्सका हाल १५ वटा क्लब भएपनि २ बर्षमा २५ पुर्याउने लक्ष्य सहित सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताउनु भयो ।