ढकालको “डोली चढियो” सार्वजनिक (भिडियो सहित)


२१ श्रावण, सुर्खेत । सुर्खेतका युवा कलाकार विशाल ढकालले आफ्नो शब्द तथा लय संकलनमा मौलिक तीज गित “डोली चढियो” युट्युव मार्फत सार्वजनिक गर्नुभएको छ ।

ढकालको सिंगारो म्यूजिक प्रा.लिको उत्पादनमा अहिलेका चर्चित गायिका टिका पुनको आवाज रहेको गितलाई सुर्खेतका अर्का कलाकार हरि विष्टले निर्देशन गर्नुभएको तीज गितमा सुर्खेत कै अर्का कलाकार नन्दा बस्यालले नृत्य निर्देशन गर्नुभएको छ ।

गितमा नारीहरुले आफ्नो जन्म घर छोडी कर्म घर जानेवेलाको समयलाई चित्रण गरिएको छ । गितमा सुर्खेत कै कलाकार दिपाशा विसीले अभिनय तथा नृत्य कलाले दर्शकहरुको मन जित्ने कोशिस गर्नुभएको छ ।

राजु केसीको छायाँङ्कनमा प्रविन भट्टले सम्पादन गर्नुभएको डोली चढियो तीज गितमा सुर्खेतका युवा मोडेल कमल विष्टले विषेश सहयोग गर्नुभएको कलाकार विशाल ढकालले बताउनुभयो ।