‘सप्तरंगको ’ सांगितिक प्रस्तुति सुर्खेतमा ( फोटो फिचर )


सुर्खेत, २६ माघ ।गृष्मा व्रोडकास्टिङ्ग प्रा.लि.को आयोजनामा शनिवार(आज) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको स्थानिय पिपलचौतारामा सांस्कृतिक कार्यक्रम ‘सप्तरंग’को सांगीतिक प्रदर्शनी गरिएको छ । वीरेन्द्रनगरमा आज गरिएको कार्यक्रममा एक पृथक सांगितिक यात्राको नाउँबाट विभिन्न कलाकारहरुले प्रस्तुति दिएका थिए ।

मलाई अमेरिका यहि बोलका गीत प्रस्तुत गर्दे पशुपती शर्मा ।

‘सातै प्रदेशको आर्थिक तथा सामाजिक रुपान्तरणका निम्ती, सद्भाव र ऐक्यवद्धता सारा नेपाली माझ प्रस्फुटन गराउन, सातै प्रदेशमा उदयमान नक्षत्रहरुलाई पहिल्याउनका लागि यो कार्यक्रमको आयोजना गरिएको हो ।’ ‘यसका अलावा आफ्नो जाती, भेषभुषा अनि संस्कृतिको प्रर्वद्धन गर्न, सातै प्रदेशलाई पर्यटकीय गन्तब्य बनाउन, विविधतामा एकता भन्ने भनाईलाई यथार्थतामा दर्शाउन र हरेक नेपालीलाई नेपाल र नेपाली हुनुको गर्व आभाष गराउने उदेश्यले कार्यक्रमको आयोजना गरेका आयोजकले जानकारी दियो ।

अंजली अधिकारी नृत्य प्रस्तुत गर्दे ।

’कलाकारहरु रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरा जोशी, सन्दीप क्षेत्री र टेकन्डोका प्रशिद्ध खेलाडी दिपक बिष्ट र अंजली अधिकारीलगाएतको सांगितिक टोलीले विभिन्न प्रस्तुतीहरु गरेको थिए ।

म बाचेको पल…गीत प्रस्तुत गर्दे प्रमोद खेरल ।

सांगीतिक कार्यक्रममा दमकको प्रतिनिधित्व गर्दै गायक प्रमोद खरेल, जनकपुरको तर्फबाट सन्दिप क्षेत्री, नारायणघाटको प्रतिनिधित्व गर्दै रामकृष्ण ढकाल , बुटवलबाट पशुपति शर्माको र सुर्खेतबाट इन्दीरा जोशीले प्रतिनिधित्व गर्दे धमाकेदार प्रस्तुति गरेका थिए ।
यस्तै सांगीतिक कार्यक्रममा अन्जली अधिकारीको बजेड प्रस्तुती सबैलाई दंग पार्ने सांगितिक कोसेली दिनुभएकाृ थियो ।

गायिका इन्दिरा जोशी गीत प्रस्तुत गर्दै ।

कार्यक्र शनिवार दिनको ३ः१५ बजे देखि पीपलचौतारमा शुरु भएता पनि सो कार्यक्रम शुरु हुनु अगावै वीरेन्द्रनगर बजार नै गुन्जाएमान भएको थियो । कार्यक्रममा सहभागी हुनका लागी आउनु भएका राष्टिय कलाकारहरु लाई बाजा सहित बिच बजारबाट स्टेजसम्म ल्याईएको दृश्यले पक्कै पनि कार्यक्रम कस्तो हुने अनुमान लगान सकिने थियो ।

बरिष्ठ गायक रामकृष्ण ढकाल । बिहान उठ्ने बित्तिकै बोलको गीत गाउर्दे ।

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भुभि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, प्रदेश प्रहरी प्रमुख डिआईजी महेशबिक्रम शाह र सुर्खेतका प्रहरी प्रमुख बसन्त रजौरेलगायतको उपस्थित रहेको सांगीतिक कार्यक्रममा स्थानिय युवाहरु कलाकार संग रमेका थिए ।

हास्य कलाकार सन्दिप क्षेत्री ।

 

कार्यक्रमा सहाभगी दर्शकहरु ।
 बरिष्ठ तेकन्दो खेलाडी दिपक बिष्ट ।
कार्यक्रममा सहभागी हुन आउनु भएका कलाकारहरुलाई बाजा सहित स्वागत गर्दे ।