
जेठ,२९ सुर्खेत । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सुर्खेतका संस्थापक अध्यक्ष नन्दबहादुर गेलाङ्गको आज(बुधवार) दिउसो सुर्खेतको भेरीगंगा नगरपालिका–८ को लोदेमा टिप्परकोको ठक्करबाट मृत्यु भएको प्रती दुख प्रकट गर्दे शोक बिज्ञप्ति जारी गरेको छ ।
फोनिज सुर्खेका अध्यक्ष प्रवासकुमार शाक्य र सचिव मिलन श्रेष्ठको संयुक्त हस्ताक्षरीत शोक बिज्ञप्तिमा ठक्कर लगत्तै टिप्पर चालकले ब्याक गरेर उनलाई मारेको र चालक फरार रहेको हुदा घटनाको तथ्य–सत्य पत्ता लगानी दोषिलाई यर्थाशिघ्र कानुनी सम्बत कारवाहिका लागी माग गरेको छ ।
पत्रकार गेलाङ्ग छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेको गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुमपश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिप्परले ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँले जानकारी दिनुभयो ।
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट आफ्नो साइडमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको र ठक्कर लगत्तै पुनः ब्याक गरेर किचेको हुनसक्ने प्रहरीको भनाइ छ । टिपर चालक भने फरार रहेको भन्दै खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेत पहिचान दैनिकका सम्पादकसमेत रहेका गेलाङ पत्रिकाको काम विशेषले मेहलकुना जान लागेको आफन्तको भनाइ छ । सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थायी घर भएका उनी विगत लामो समयदेखि वीरेन्द्रनगरमा बस्दै पत्रकारिता गरिरहेका थिए ।



Milan Shrestha । २९ जेष्ठ २०७६, बुधबार १७:२० बजे