
सुर्खेत, २३ साउन । सुर्खेत जिल्लालाई लागु औषध दुर्ब्यसनी मुक्त जिल्लाको रुपमा निर्माण गर्ने अभियान स्वरुप जिल्ला प्रहरी कार्यालय सुर्खेतले घरेलु हिंसा एवंम् लागु औषध दुर्ब्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेकाे छ । बुधबार वीरेन्द्रनगर स्थित सूर्याेदय इङ्गलिस बाेर्डिङ स्कुलमा प्रहरी नायव निरीक्षक मञ्जु चौधरीले घरेलु हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेकी हुन् ।

कार्यक्रममा उक्त विद्यालयका कक्षा ८,९ र १० मा अध्ययनरत ८० जना छात्र र छात्राहरु समाबेश भएका थिए । कार्यक्रममा घरेलु हिंसा सम्बन्धी विभिन्न कुराहरुकाे जानकारी दिनुका साथै यसबाट कसरी बच्ने र हिंसा भएमा कसलाइ जानकारी दिने, न्याँय कसरी पाउने सम्बन्धमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।
यस अघि नै जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्ला स्थीत बिभिन्न बिधालयहरुमा आफ्नो कार्यक्रमहरु संचालन गरि सकेको छ ।



Milan Shrestha । २३ श्रावण २०७५, बुधबार १६:०५ बजे