के पटनाबाट सिधै हेलिकप्टरमा जनकपुर आउने घोषणा गर्लान् मोदिले ?


नेपाल आउन किन हतारिए मोदी?

तस्विरः रातोपाटी ।

 

काठमाडौं -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण हुने भएपछि राज्यसंयन्त्र त्यसको तयारीमा लागेका छ ।

वैशाख २८ गते दिल्ली हुँदै विहारको राजधानी पटना र त्यहाँबाट हेलिकप्टरमा जनकपुर आउने नरेन्द्र मोदीको स्वागतका लागि प्रदेश २ को सरकार पनि पुरै तयारीमा लागेको छ । त्यसको तयारीका लागि विभिन्न समितिसमेत बनाएको छ ।

मूल तयारी समिति, मञ्च व्यवस्थापन समिति, अर्थ समिति, सुरक्षा व्यवस्था समिति, जनपरिचालन समिति, सरसफाई व्यवस्थापन समितिलगायत विभिन्न समिति बनाएर भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारी भइरहेको छ ।

मोदी भ्रमणको तयारी चलिरहँदा केही ठूलै परियोजना वा कार्यक्रम घोषणा गर्ने कुनै औपचारिक जानकारी नआएको प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले जानकारी गराए । उनले भने, ‘प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा कुनै लेनदेनका कुरा हुँदैन । अतिथि देवो भवः । हाम्रा लागि उहाँ अतिथि हुनुहुन्छ । हामीले सक्दो स्वागत गर्छौं । उच्च सम्मान गर्छौं ।’

नागरिक अभिनन्दनपछि दुई नम्बर प्रदेशका जनतालाई सम्बोधन गर्नका लागि मोदीलाई सरकारको तर्फबाट आग्रह हुनेछ । सो आग्रहका क्रममा प्रदेशका लागि केही घोषणा गर्न सक्छन् तर त्यसको कुनै योजना वा जानकारी कसैलाई छैन ।

साभारः रातोपाटी ।