
सुर्खेत, २६ साउन । लायन्स लिडरहरु समाजिक कार्यहरुमा मात्र नभई नेतित्व र व्यक्तित्व बिकासमा पनि अघि बढ्नु जरुरी छ । सुर्खेत जिल्ला स्थीति लायन्स क्लब अफ सुर्खेत बुलबुले, लायन्स क्लब अफ काक्रेबिहार, लायन्स क्लब अफ वीरेन्द्रनगर, लायन्स क्लब अफ मध्यपश्चिम, लायन्स क्लब अफ शिबबिहार र लायन्स क्लब अफ सिद्धपाईलाको संयुक्त आयोजना संचालिन लायन्स लिडरहरुका लागि एक दिने उद्घोषण तालिममा बोल्दै प्रमुख अतिथिले उक्त कुरा औल्याउनु भएको हो ।
प्रमुख अतिथि डिस्ट्रिक चिफ,, एम.जे.एफ. लायन्स बिजय पराजुलीले, जिल्ला स्थीत विभिन्न लायन्स क्लबहरुमा आवद्धता भएका लायन्सलहरुले बिगत लामो समयदेखि समाजका विभिन्न सामाजिक कार्यहरुमा सहकार्य सहित सहयोग गर्दे आईरहेता पनि लायन्स लिडरहरु सहयोगी हात मात्र बन्नु भन्दा पनि बोलीमा मिठास अनि कार्य शैलि प्रतिको व्यवहारमा परिवर्तन गरी समाजका अन्य संस्थाहरुलाई पनि सहयोगी हात सहित समाजलाई व्यवहारिक रुपान्तरण गर्ने जिम्मा लायन्स लिडरहरुमा आएको कुरामा जोड दिदै उक्त कुरा बताउनु भएको हो ।

उद्घोषण सम्बन्धि तालिमका सभापति लायन्स शारदा शेर्पाले आफ्नो कार्यकालमा महिला सशक्तिकण समबन्धि विविध कार्यक्रमहरुको आयोजन गर्नुका साथै जसरी समाजले महिलाहरुलाई विभिन्न क्षेणीमा बर्गिकरण गरि सोहि बर्गिकरण अनुरुप व्यवहार गर्ने परिपाती बसालेको छ लायन्स नेतित्वले उक्त बर्गिकरणलाई चिरने कुरामा जोड दिनु भयो ।
लान्यस क्लब अफ सुर्खेत, काक्रेबिहारका अध्यक्ष लायन्स शारदा शेर्पाको अध्यक्षतामा तथा ए.ओ.जि. लायन्स कमल नेपालको बिशेष आथित्यमा सम्पन्न लायन्स नेतित्वहरुका लागि १ दिने प्रभाकारिता उद्घोषण तालिममा अतिथिहरु, ग्लोबल सर्भिस जिएसटी एम.जे.एफ.लायन्स धनबहादुर रावत, जोन चियर पर्सन लायन्स बिन्दु नेपाल, डिस्ट्रिक अफिसर लायन्स कल्पना कार्की, डिस्ट्रीक चिफ अफिसर एम.जे.एफ.लायन्स शिबराज अधिकारी, क्याविनेट अफिसर लायन्स सरस्वती बस्नेत, डिस्ट्रीक को–ओडिनेटर लायन्स भद्र भण्डारी , क्याबिनेट अफिसर लायन्स किशोर रेग्मी, बिष्णु पौडेल, लायन्स क्लब अफ सुर्खेत, सिद्धपाईलाका अध्यक्ष लायन्स चन्द्रा भट्टराई लगाएतको उपस्थित रहेको तालिमको सहजीकरण प्रशिक्ष भानुभक्त खड्काले गर्नु भएको थियो ।
लायन्स क्लब अफ सुर्खेत वीरेन्द्रनगरका अध्यक्ष लायन्स बिनुसि भास्करले सहजीकरण गर्नु भएको कार्यक्रममा लायन्स क्लब अफ सुर्खेत शिबबिहारका अध्यक्ष लायन्स प्रवेशमान मानन्धरले स्वागत मन्तव्य सहित अतिथिहरुलाई स्वागत गर्नु भएको थियो भने लायन्स क्लब अफ कर्णालीकि सह–सचिव लायन्स दुर्गा केसीले सहभागिताको तर्फबाट बोल्दै तालिम प्रभावकारी भएको र आफुहरुले तालिमबाट सोचे अनुरुप जानकारीहरुले लिएको र व्यवहारमा उत्तार्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।
शनिवार वीरेन्द्रनगरमा संचालित लायन्स लिडरहरुका लागि १ दिने प्रभावकारिता उद्घोषण तालिममा जिल्लाका ६ वटा लायन्स क्लबका ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।



Milan Shrestha । २६ श्रावण २०७५, शनिबार १३:२४ बजे