विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट


बम विस्फोटबाट क्षति पुगेको मेयर भीम पराजुलीको गाडी ।

२७ श्रावण, विराटनगर : मोरङको विराटनगर महानगरपालिका मेयरको कार्यालयमा बम विस्फोट भएको छ।  महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो। बम विस्फोटबाट मेयरको गाडीमा क्षति पुगेको छ। विस्फोटपछि कार्यालयमा कर्मचारीको भागदौड चलेको थियो।

प्रहरीले बम विस्फोट भएको पुष्टि गर्दै विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएको छ। आइतबार दिउँसो २ बजे मेयरको आगन्तुक कक्षमा बम विस्फोट भएको हो।प्रहरीले कुकर बम विस्फोट भएको पुष्टि गरेको छ।

बम मेयरको कार्यकक्षबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष जाने प्यासेजमा विस्फोट भएको हो। बम विस्फोटले महानगरपालिका कार्यालयको झ्यालका सिसा फुटेका छन्। दराजमासमेत क्षति पुगेको छ।

अन्नपूर्णपोष्ट अनलाइनबाट