लायन्स क्लबद्वारा रक्तदान ४२ पिन्ट रगत संकलन


२३ साउन, सुर्खेत । सुर्खेतमा शनिबार ४२ पिन्ट रगत संकलन भएको छ । लाईन्स क्लवअफ सुर्खेत भ्यालीले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको हाे ।

काेराेना महामारीका कारण अस्पतालमा रगत अभाव भएपछि रक्तदान कार्यक्रमकाे आयोजना गरिएका क्लबका अध्यक्ष सुन्दरकुमार पन्तले जानकारी दिनुभयो ।

संकलित रगतहरु नियमित रगत चढाउनुपर्ने र अन्य विरामीलाई राहत मिल्ने अपेक्षा गरिएको छ । नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतको  प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हाे । बृहत रक्तदान कार्यक्रममा मधुमेह तथा रक्तचाप जाँच र काेभिड १९ सचेतना समेत गरिएको थियोे ।