पहिलोपटक देउडै देउडामा अन्तर्वाता सुरु ( भिडीयो सहित )


२८ साउन ,सुर्खेत
अनलाइन पत्रिकाको साथै टेलिभिजन समाचार तथा युट्युव च्यानल प्रकाशन प्रसारण गर्ने त्रिरत्ना अनलाइन मिडियाले अाजदेखि देउडै देउडामा अन्तर्वार्ता प्रकाशन प्रसारण सुरु गरेको छ।
  हालै मात्र कठै कर्णालीअ नामक देउडासहितको साहित्यीक कृति प्रकाशन गरेका महाबै गाउँपालीका ४ कालीकोट  निवासी साहित्यकार तथा नेकपा कालिकोटका युवा नेता चित्रसिंह गाउँलेको अन्तर्वार्ता मार्फत देउडा अन्तर्वार्ता सुरु गरिएको हो।
   विशिष्ट समयमा मात्र देउडा खेलेका र खासगरी लेखनमा अब्बल साहित्यकार मानिने गाउँलेबाट सुरु गरिएको देउडै देउडाको अन्तर्वार्ता लाखौं पाठकको मन जित्नुका साथै देउडा सँस्कृतीको विकासका लागि योगदान दिने त्रिरत्ना मिडियाले विश्वास लिएको छ।
देउडै देउडामा अन्तर्वार्ता दिन निकै कठिन तर रमाइलो रहने पहिलो अन्तर्वार्ता दिने गाउँलेको भनाइ छ।राजनीतिक तथा साहित्यीक,साँस्कृतिक कार्यक्रममा धारा प्रवाहको रुपमा देउडा प्रस्तुत गरेको भन्दापनि अन्तर्वार्ता त देउडा खेलमा जवाफ फर्काउन भन्दापनि कठिन हुने उहाँले पहिलो अनुभव सुनाउनु भयो।अन्तर्वार्ता मार्फत साहित्यकार गाउँलेले कर्णाली प्रदेश सरकारले देउडा तथा खस भाषाको पाठ्यक्रम बनाएर लागू गर्नुका साथै वर्षमा एक पटक देउडा दिवसको रुपमा प्रदेश स्तरीय विदा मार्फत रमाइला कार्यक्रम गरिनु पर्ने सुझाव दिनु भएको छ।
देउडा सँस्कृतीका उद्गम स्थल भएतापनि कर्णाली र ७ नम्बर प्रदेश र देशका कुनैपनि टेलिभिजन तथा पत्रपत्रिका ले सुरुवात नगरेको कार्य त्रिरत्नाले गरेको भन्दै देउडा सम्राट नेत्रराज शाहीले उत्साह थप्नु भएको छ।