जेठ ३१, काठमाण्डौ ।
संसद बैठकमा बोल्ने क्रममा सांसद मोहन बानियाँले ’’भनांै भने घरकै बुहारी, नभनौ भने भ्रष्टै पारी’’ भनेर आफ्नै सरकारको आलोचना गर्नु भयो । ’’मनाई भन्ने बनाएउ’’ भन्ने गितको टुक्का सुनाउँदै बानियाँले आफुलाई आफ्नै सरकार बिरुद्ध बोल्न सरकारले वाध्य बनाएको प्रस्ट पार्नु भयो ।
सरकार नभएको भान कर्णालीलाई भएको छ, सात दिन सम्म हिंडेर नुन खानु पर्ने कुरा स्पस्ट पार्दै अरु जिल्लामा धेरै बजेट र योजना गएको आफ्नो जिल्लामा जिरो पनि नगएकोमा सांसद बानियाँको आक्रोश छ ।
आफुलाई मुगू जिल्लामा फर्कन मुस्किल भएको छ ! रारा धर्तीको स्वर्ग भएको जिल्लामा दामासाईको दरले अरुलाई दिएको तर कर्णालीलाई नदिएको गुनासो गर्नु भयो । मुगुमा रङ्गशाला बनाउन माग गर्नु भयो । उहाँले संसदमा बोल्न अलीअली दिएको रकम फिर्ता लिन आग्रह गर्दै आफ्नो घाँटीमा त्यो रकम नझुन्ड्याउन पनि सरकारलाई आग्रह गर्नुभयो ।
मुगु जिल्ला बाट बिजय सांसद बानियाँले कर्णालीलाई सदियौं देखी सौतेनी व्यबहार गरि उत्पीडित पारीयो अझै पनि त्यही व्यबहार दोहोर्याइए एक्लै भए पनि संसद अबरोध गर्ने चेतावनी दिनु भयो ।
यसैगरी खाँउ कर्कली पेट फर्कली, नखाउ कर्कली सासु तर्कली भन्दै सांसद गोपाल बमले सरकारको ब्यबहारको ब्यङ्ग्य गर्नु भएको छ । उहाँले भनौं भने आफ्नै प्रधानमन्त्री र मन्त्रीहरु नभनौं भने हेपाहा प्रबृति भन्दै सरकारको ब्यबहारको बिरोध गर्नुभएको हो ।
खेल्कुद मन्त्रालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र खानेपानी मन्त्रालयले बजेट तथा योजनामा कालीकोट, जुम्ला, मुगु, हुम्ला, जाजरकोटको नाम नलिएको भन्दै सांसद बमले संसदमा आक्रोश ब्यक्त गर्नु भएको हो ।
मुगूको रारालमा गएर प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा आफु पहिलो पर्यटक भएको र पर्यटनको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने भन्दै भाषण गरी ताली खानु भयो । केन्द्रमा आएर रारा कर्णालीको नाम समेत उच्चारण नगरेको आरोप लगाउँदै सांसद बमले कसैले ४४÷४४ वटा योजना लिने, कसैले जिरो पनि योजना नलिएर जाने कुरा नसुहाउने भन्दै आफु भत्ता खान मात्रै आएको नसम्झिन आग्रह पनि गर्नुभयो ।
योजना आफुलाई नभएर जिल्लाको समग्र बिकासलाई समेट्न आग्रह गर्दै कर्णालीको समग्र रुपमा हेर्दा डोल्पामा मात्रै बजेट गएको र यहाँको बिकासले समग्र कर्णालीको बिकास नहुने कुरा स्पस्ट पार्नु भयो । सरकारको हेपाहा ब्यबहारको बिरोध गर्दै चन्द्रागिरी जस्तो सामान्य ठाउँमा ३,४ सय जनाले रोजगारी पाएको, हजारांै जना पर्यटक घुम्न आउने कैयांै सम्भावना भएको कर्णालीलाई किन बहिष्कार सांसद बमले सरकारलाई प्रश्न गर्नुभयो ।
यसैगरी सांसद गजेन्द्रबहादुर महतले मन्त्री र कर्मचारी हाबी भएको आरोप लगाउनु भएको छ । कमिसन खाएर योजना दिदै घर आँगनमय बनाएको उहाँले आरोप लगाउनु भएकोछ । ।
सरकारको भरोशा जनता प्रती नभएको, मन्त्री प्रती पनि अबिश्वास रहेकोले देशलाई पशुपतीनाथले बचाउनु पर्ने अवस्था आएको भन्दै उहाँले बर्तमान आफ्नै सरकारको आलोचना गर्नुभएको छ । जुम्लामा एउटा मात्रै योजना जानु कत्तिको हाँस्यास्पद कुरा हो, उहाँले भन्नुभयो जुम्ला जिल्लावासी यो मूलुकका नागरिक होइनन् भन्ने ब्यबहार किन ? प्रश्न गर्नुयो ।
सांसद महतले मन्त्री हुन हाम फाल्नुको कारण यो बजेट बितरण प्रक्रियाले स्पस्ट पारेको भन्दै कर्णालीका नागरिकहरुलाई अहिले पनि दाश्रो दर्जाको ब्यबहार गरीएको सरकारको कार्यशैलिको बिरोध गर्नुभयो । उहाँले भन्नुभयो ०४६ सालको संबिधान जस्तै बर्तमान सरकारको बजेटपनि भित्र भित्र खोक्रो देखियो ।



Milan Shrestha । ३१ जेष्ठ २०७५, बिहीबार १०:१५ बजे