सुन्दर नेपाल संस्थाको २२ औं साधारण सभा सम्पन्न (फोटो फिचर सहित)


संस्थाको २२औं बार्षिक साधारण सभामा उपस्थित अतिथिहरु ।

सुर्खेत १ भदौं । सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना,समाज बिकास, परिवर्तन र न्याय हाम्रो चाहना भन्ने मुल नाराका साथ सुन्दर नेपाल संस्थाले २२ ओं बार्षिक साधारण सभा वीरेन्द्रनगरमा शुक्रबार सम्पन्न गरेको छ ।

संस्थाको २२औं बार्षिक साधारण सभामा उपस्थित अतिथिहरुलाई स्वागत गर्दे संस्थाका अनुगमन तथा मूल्यांकन निर्देशक शिवराज जैसी ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावलले, गैर सरकारी संस्था र सरकारी कार्यालयहरु बिच साझेदारी आवश्यकता रहको बताएका छन् । कर्णाली प्रदेशका सुचकहरु अत्यन्तै नाजुक अवस्थामा रहेको भन्दै मन्त्री रावलले केहि गैर सरकारी संस्थाहरुले आफ्नो सिमित उद्देश्य पुरा गर्नका लागि समुदायहरुको माग भन्दा फरक ढंगबाट कार्यक्रम गर्ने भएको हँुदा साझेदारीको निकै आवश्यकता रहेको बताए । प्रदेशलाई समृद्ध प्रदेश बनाउनका लागि सरकारको तर्फबाट ५ बर्ष भित्रमा सुचक तयार गर्ने साथै सोहि अनुरुप गैर सरकारी संस्थाहरुले पनि आफ्ना कार्यक्रमहरु पारदर्शि ढंगमा संचालन गर्न आग्रह गरे ।

 

 

अतिथिहरुलाई फुको गुच्छा र व्याज सहित स्वागत गर्दे संस्थाका कर्मचारीहरु ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले अन्य बिकासहरु सरह समाज रुपान्तरण सहित सामाजिक बिकासहरुको पनि अत्यन्तै आवश्यकता रहेको कुरामा जोड दिदै बिकास देखि लिएर समाज रुपान्तरण कार्य आफैमा चुनौती भएको हुनाले राष्ट्रले लिएको समृद्ध बिकासका कार्यहरुमा सबैको सहयोग अतन्यतै जरुरी रहेको बताईन्

प्रगति प्रतिवेदन पेश गर्दे संस्थाकी सचिव पूर्णा सापकोटा ।

संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव पूर्णा सापकोटाले आर्थिक बर्ष २०७४–२०७५ को प्रगति प्रतिवेदन पेश गर्दे संस्थाले समाजमा पिछडिएका बर्गहरुको जीवनस्तर माथि उठाउन समाजमै बसेर समूह पद्धतिद्धारा ज्ञान, सीप, क्षमताको अभिबृद्धि गरी सामुदायिक बिकास कार्यमा जनसहभागितामूलक कार्यक्रम गर्दे आईरहको बताउनुका साथै हाल संस्थाले सुर्खेत, जाजरकोट र दैलेख जिल्लामा रहि कृषि, स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम (पहल), अनुकुलन, ग्रामिण खानेपानी तथा सरसफाई सुधार, नागरिक समाज,पारस्परिक जाफदेहिता, साझेदारी बिकास, ईन्वाईटा, दिगो स्वास्थ्य तथा पूर्ण सरसफाई, गरिबि निवारण, कृषि तथा खाद्य सुरक्षा,कानुनी जागरुकता र न्यायको पहुच सिर्जना, खुल्ला दिसा मुक्त तथा दिसा मुक्त पश्चात पुर्ण सरसफाई, पशुको मुल्य श्रखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण, सोलार मुस दोस्रो र इन म्यापस गरी कुल १४ वटा परियोजनामा संस्थाले कार्य गर्दे आईरहेको बताउनु भयो,

आर्थिक बर्ष २०७४–२०७५को आर्थिक प्रतिवेदन पेश गर्दे संस्थाकी कोषाध्यक्ष माया सापकोटा लामिछाने ।

सचिव सापकोटाले संस्थागत प्रगति विवरण प्रस्तुत गर्दे हाल सम्म संस्थामा २७ जना महिला ४२ जना पुरुष गरि जम्मा ६९ जना सदस्य, २३ जना आजिवन सदस्य र ६ जना सल्लाहकार सदस्य रहेको जानकारी समेत दिनुभयो, सापकोटाले हाल संस्थामा कार्यरत कुल १८४ जना कर्मकारीहरुको विवरण पेश गर्नु भएको थियो ।

शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावल ।

यसै गरी संस्थाकि कोषाध्यक्ष माया सापकोटा लामिछानेले आर्थिक बर्ष २०७४–२०७५को कुल ७ करोड २९ लाख ४१ हजार १ सय २८ रुपैया र आगामी आर्थिक बर्ष २०७५–२०७६को कुल ११ करोड २६ लाख ३८ हजार ८सय ७१ रुपैया बराबरको अनुमानित आय, व्यय प्रस्तुत गर्नु भएको थियो ।

शुभकामना मन्तव्य राख्दै कार्यक्रमका बिशेष अतिथि वीरेन्द्रनगर नगरपालिका उप–प्रमुख मोहनमाया ढकाल ।

कार्यक्रममा संस्थाका अनुगमन तथा मूल्यांकन निर्देशक शिवराज जैसीले कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथि लगाएत सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्य सहित स्वागत गर्नु भएको कार्यक्रममा बिशेष अतिथि जिल्ला समन्वय अधिकारी दुर्गा प्रसाद चालिसे, सिम्ता गाउपालिकका उपाध्यक्ष चन्द्रकला शाही, अतिथिहरु नेपाली काग्रेसका कोषाध्यक्ष अनन्त पौडेल, संस्थाका प्रमुख सल्लाहकार बुद्धिप्रसाद सापकोटा, गरिवि निवारण कोषका केशवराज ढुङ्खेल, एसएनभि नेपालका सल्लाहकार लेखबिक्रम शाह, सुर्खेत खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा, जिल्ला युवा समिति अध्यक्ष टेकेन्द्रकुमार बस्नेत, राष्ट्रिय जनमोर्चाका सचिव लालबहादुर नेपाली सहितले शुभकामना मन्तव्य दिनु भएको थियो ।

शुभकामना मन्तव्य राख्दै संस्थाका प्रमुख सल्लाहकार बुद्धिप्रसाद सापकोटा ।

संस्थाले बार्षिक कार्य योजना अनुशार विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मानित गर्ने कार्यक्रम अनुशार शिक्षा क्षेत्रमा अतुल्नीय कार्य गर्दे आईरहेका जनज्योती मावि कुनाथरीका प्रध्यानध्यापक नारायण प्रसाद सिग्देल, बर्ष २०७४–२०७५मा संस्थामा रहि राम्रो कार्य सम्पादन गर्ने पुरुष तर्फ अनुकुलन परियोजनाका कृषि प्राविधिक बिमल कोईराला, महिला तर्फ कृषि तथा खाद्य आयोजनाकी कृषि प्राविधिक तुल्सा गुरुङ्ग र सांगितिक क्षेत्रममा लामो समय देखि आवद्ध भई योगदान पुर्याउनु हुने दिनेश गौतमलाई दोसल्ला सहित प्रशंसा पत्रद्धारा सम्मानित गरिएको थियो भने कार्यक्रमको सहजीकरण सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद कडेंलले गर्नु भएको थियो ।

२२औं बार्षिक साधारण सभामा स्वागत गीत प्रस्तुत गर्दे कलाकारहरु ।

 

संस्थाका संस्थापक अध्यक्ष शान्ति प्रसाद कडेंल धन्यवाद मन्तव्य राख्दै ।
शिक्षा क्षेत्रमा अतुल्यनिय योगदान पुर्याएवापत सम्मानित हुदै जनज्योती मावि कुनाथरीका प्रध्यानध्यापक नारायण प्रसाद सिग्देल ।
सम्मानित हुदै सांगितिक क्षेत्रममा लामो समय देखि आवद्ध भई योगदान पुर्याउनु हुने दिनेश गौतम ।
बर्ष २०७४–२०७५मा संस्थामा रहि राम्रो कार्य सम्पादन गर्ने पुरुष तर्फ अनुकुलन परियोजनाका कृषि प्राविधिक बिमल कोईराला सम्मानित हुदै ।
बर्ष २०७४–२०७५मा संस्थामा रहि राम्रो कार्य सम्पादन गर्ने महिला तर्फ कृषि तथा खाद्य आयोजनाकी कृषि प्राविधिक तुल्सा गुरुङ्ग
२२ औं बार्षिक साधारण सभामा उपस्थित सहभागीहरु ।