कालीकोटका यूवाद्वारा काठमाण्डौमा राहत बितरण


७ जेठ, काठमाडौं । काठमाडौमा कालिकोट जिल्लाका एक यूवाले राहत वितरण गर्नुभएको छ ।

नेपाली काँग्रेस कालिकोट जिल्लाका महासमिति सदस्य एवं नेविसंघ पुर्व केन्द्रिय सदस्य  तथा २०७४ कर्णाली प्रदेश सभा सद्स्यका उम्मेदवार यूवा नेता टेकराज शाहि को नेतृत्वमा कोभिड-१९ महामारीले गर्दा काठमाडौमा समस्या परेका कालिकोटका विद्यार्थी तथा मजदुरहरुलाई २५ के जी  चामल, १ लिटर तेल, १ केजी नुन, १ केजी  चिउरा र १ केजी दाल 75 जनालाई घरदैलोमा गएर वितरण गरिएको हो ।

 

कालिकोट जिल्लाबाट बिभिन्न कामले काठमाण्डौमा बसोबास गरिरहेका तर लक डाउनका कारण समस्यामा परेकाहरुलाइ युवा समाजसेवी मलिराज शाहीको पहलमा बिभिन्न स्थानमा बसोबास गर्ने स्थानियहरुको नाम संकलन गरी राहत बितरण गरिएको जनाइएको छ ।

उहाँहरुले दिनु भएको जानकारी अनुसार साबिकको कालीकोट घर भइ काठ्माण्डौमा बसोबास गर्नुहुने जोकेही भए पनि समस्यामा पर्नु भएको छ भने हामीलाइ खवर गरी राहत का लागी सधैभरी सहयोग गर्ने पनि बताउनु भएको छ ।