भाद्र ३, कालीकोट (रास्कोट) ।
गुणस्तरीय शिक्षामा टेवा पुगोस् भन्ने उद्येष्यले अंग्रेजी हिज्जे प्रतियोगिताको सञ्चालन गरीएको छ । कालीकोट जिल्लामा क्रियाशिल रास्कोट यूवा तथा बिद्यार्थी सञ्जालले हरेक महिनामा सरकारी तथा निजी बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरु बिच प्रतिष्पर्धाको आरम्भ गरेको हो ।
कक्षा एक देखि पाँच सम्मका बिद्यार्थीहरुको सहभागितामा मोतीराम माबिमा सम्पन्न पहिलो प्रतियोगितामा मातृभूमि एजुकेशन एकेडेमी प्रथम, नभप्रभात बोर्डीङ द्धितिय र कर्णाली बालगृहले तृतिय तथा जनजागृति माबिले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
सामाजिक सेवामा क्रियाशिल रास्कोट यूवा तथा बिद्यार्थी सञ्जालले यस्तो प्रतियोगिता सञ्चालन गरि बिद्यार्थीहरुलाई अध्ययनशिल बनाउने र गुणस्तरिय शिक्षामा मद्यत गरेको रास्कोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दयाराम सिम्खाडाको भनाई छ ।
सञ्जालका संयोजक जीवन शाहीले बिद्यार्थीहरुमा शैक्षिक जागरण ल्याउन यस्ता प्रतियोगिताहरु हरेक महिनामा सञ्चालन गर्ने बताउनु भयो ।
प्रतियोगितामा प्रथमलाई २५ सय, द्धितियलाई १५ सय, तृतियलाई १ हजार र सान्त्वनालाई ५ सय पुरस्कार प्रदान गरिएको छ ।




Milan Shrestha । ४ भाद्र २०७५, सोमबार ०२:३० बजे