सुर्खेतमा राष्ट्रिय संविधान दिवस मनाईयो।


फोटोः मोटे ग्याङ्ग नेपाल पेज

३ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको वीरेन्द्रचोकमा कर्णाली युथ पावरको नेतृत्वमा छैटौं राष्ट्रिय संविधान दिवस भब्यरुपमा मनाईएको छ ।

कर्णाली युथ पावरले २०७६ पौष १ गते प्रस्तावित राष्ट्रिय झण्डा दिवसको अवसरमा वीरेन्द्रचोकमा देशको राष्ट्रिय झण्डा राखेको थियो । युथ पावरले आज संविधान दिवसको अवसरमा पुरानो हुँदै गएको उक्त राष्ट्रिय झण्डालाई परिवर्तन गरि नयाँ झण्डा राखेको छ ।
कार्यक्रममा कर्णाली युथ पावरका संयोजक भीम थापाले राज्यव्यवस्थाद्वारा किनारमा परेका र पारिएका वर्ग, जाती, समुदाय, भाषा पनि मुलधार आउन सकुन अथवा राज्यद्वारा नै मुलधारमा ल्याईयोस भन्दै आज सडक छेउको चिया पसलेले त्यहीँ सडकमा आएर राष्ट्रप्रेम पोख्न पाउने, आफ्नो आवाज बुलन्द गर्न पाउने अवस्था छैन । के संविधानको सहि कार्यान्वयन भएको छ त? भन्दै प्रश्न गर्नुभयो ।
कार्यक्रममा COVID-19 को महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदी, वडा.नं. ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेल र गेहेन्द्रप्रसाद दाहाल लगाएतको उपस्थिति रहेको थियो ।