
सुर्खेत, ६ भदौ । सुर्खेत जिल्लाको पूर्वि गुर्बाकोट नगरपालिका अन्तर्गत मेलकुनामा रहेको प्रहरी चौकीको नयाँ भवन उदघाटन गरिएको छ । दुई वटा थुनुवा कोठा सहित चारकोठे भवनको एक कार्यक्रमका बिच आज (बुधबार) सिलन्यास गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गुर्बाकोट नगरपालिकाका प्रमुख हस्त पुन , उप–प्रमुख मैना बिक र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक बसन्त रजौरे ले सयुक्त रुपमा रिबन काटी भवनको उदघाटन गर्नु भएको थियो ।
एक कार्यक्रम बिच आज सिलन्यास गरिएको ४कोठे भवन निर्माणका लागि गुर्बाकोट नगरपालिले ९ लाख रुपैया को आर्थिक सहयोग गरेता पनि भवन निर्माणमा १० लाख भन्दा बढि खर्च भएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दल बहादुर कार्की ले जनकारी दिनु भयो । मेहलकुनाको पुरानो प्रहरी चौकी भवन भत्के पछि नगरपलिको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।

शिलन्यास कार्यक्रममा बोल्दै नगर प्रमुख हस्त पुनले आम नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको मात्र नभई स्थानिय वासीहरुको पनि दायित्व भएको हुदा उक्त दायित्व पुरा गर्न नगर बाँसी एकजुट हुर्नु पर्ने बताउनु भयो । यसरै गरी कार्यक्रममा बाल्दै प्रहरी उपरिक्षक बसन्त रजौरेले कुनै पनि प्रहरीले गलत कार्यमा कसैलाई पनि सहयोग नगर्न र गलत ब्यक्तिहरु संग हात नमिलाउन निदेशन समेत दिनु भएको थियो ।
मेहेकुनामा रहेको पुरानो भवन भत्किए पछि प्रहरीहरु भाडाको घरमा बस्दै आईरहेका थिए भने भवन निर्माण भएपछि सहज भएको जनाईएको छ ।
प्रहरी चौकी मेलकुनामा हाल १३ जनाको दरबन्दि रहेता पनि दर बन्दि अनुसार प्रहरी भने रहेका छैनन ।
कार्यक्रम गुर्बाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चित बहादुर रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो ।



Milan Shrestha । ६ भाद्र २०७५, बुधबार १३:१३ बजे