एशियन लाईफ इन्स्योरेन्सद्वारा मृत्यूदाबी चेक हस्तान्तरण


मृतक कर्णबहादुर थापाको तस्विरमा माल्यापर्ण गर्दे प्रमुख अथिती एवंम् अथितीहरु ।

मिलन श्रेष्ठ
चैत, ६ दैलेख । सामाजिक सुरक्षा र बचतको लागी वीमा गरौं भन्ने उद्देश्यका साथ संचालन भएको एशियन लाईफ ईन्स्योरेन्स प्रस्तावित शाखा दैलेखले निधन भएका स्वर्गिय कर्णबहादुर थापा को परिवारलाई बीमा रकमको चेक हस्तान्तरण गरेको छ । भैरवी गाउपालीका वडा नं.४ सिलंगी घरभएका मृतक थापाको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

थापाले एशियन लाईफ ईन्स्योरेन्समा १५÷१५ बर्षिय एशियन सावधिक र बाल भविष्य जीवन बीमा योजना अन्तर्गत रु ५७ हजार र रु ६० हजारको दुईवटा बीमा गर्नुभएको थियो । उहांको २०७६ साल माघ ६ गतेका दिन निधन भएपछि प्रस्तावित शाखा दैलेखले भैरवी गाउपालीका ४ मा एक कार्यक्रम बिच बिहिबार(आज)रु ९० हजार ५ सय चौरानब्बे रुपैयाको चेक उहांको श्रीमती सरिता थापालाई हस्तान्तरण गरिएको एशियन लाईफ ईन्स्योरेन्स दैलेखका बिजनेश म्यानेजर ईश्वर प्रसाद आचार्यले जानकारी दिनुभयो । थापाले ३ किस्ता वापत रु ११ हजार ८ सय ८३ रुपैया कम्पनीमा बुझाउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एवंम् भैरवी गाउपालीका अध्यक्ष प्रेमबहादुर वुढाले जीवन बीमाको भविष्य उज्जवल भएको कुरामा जोड दिदै आफ्नो गाउपालीकाले पनि गाउपालीका भित्र रहेका कर्मचारीहरुको जीवन बीमा गराउने, अनिवार्य गर्नुका साथै आफ्नो पालीकाभरी बीमा योजना शुरु गर्ने बताउनु भयो । वुढाले हामी सबै जना लागेर बीमा सम्बन्धि चेतना फैलाउन अनिवार्य रहेको हुदा चेतना अभिबृद्धि गराउने प्रती आफूले ब्यापक छलफल गरी नागरिकलाई सु–सुचित गर्ने कार्यमा वा कामका लागी सबैको सहयोगको अपेक्षा समेत गरेको बताउनु भयो ।

उहांले थप्नु भयो,जीवन वीमाको खांचो सबैलाई रहेको र आजको बचतले भोलिलाई सहज बनाउने रहेछ तसर्थ घर–आंगनमा आउने अभिकर्ताहरुको कुरा राम्रोसंग बुझेर वीमा गर्नुपर्ने बताउदै मृतकको परिवारलाई, यसरी आफ्नो व्यक्तिले जीवनवीमा गरी दिए वापत वीमावाट प्राप्त रकम नावालक छोराछोरीको शिक्षादिक्षा र उचित कार्यमा प्रयोग गर्नका लागि आग्रह गर्नु भएको थियो ।

कार्यक्रमका सभापती एवंम् भैरवी गाउपालीका वडा नं.४का वडा अध्यक्ष वीरेन्द्रबहादुर शाहीले मृतकको परिवारलाई घर आगनमा नै आएर वीमा रकम वापतको चेक हस्तान्तरण गरी उदाहरणिय कार्य गरेको प्रति खुशि व्यक्त गर्दे, सार्वजनिक रुपमा नै मृतकका परिवारलाई क्षतिपूर्ति वापतको चेक हस्तान्तरण गर्दा सार्वजनिक विश्वास बढ्ने कुरामा समेत जोड दिनु भयो ।

यसै गरी कार्यक्रमका अथिति एवंम् एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रस्तावित शाखा प्रमुख मिलन श्रेष्ठले, जीवन वीमाको महत्वको बारेमा जानकारी गराउदै हाल सम्म पनि मानिसहरुले जीवन बीमाको बारेमा राम्रो संग जानकारी नपाएको औल्याउनु भयो , चेक हस्तान्तरण कार्यक्रममा बोल्दै श्रेष्ठले यदि मानिसहरुले जीवन बीमाको बारेमा राम्रो संग जानकारी पाएको भए बैशाख १२ गते गएको बिनाशकारी महाभुकम्पमा परि करिब ९ हजारले ज्यान गुमाएता पनि नेपालमा रहेको सबै बिमा कम्पनीहरुले ३०० जनाको मृत्यु दाबि भुक्तानी मात्र बितरण गरेका थिए भने जस अन्तर्गत एशियन लाईफ इन्स्योरेन्स कम्पनिले ६५ जना मृतकहरुको परिवारलाई मृत्यु रकम भुक्तानि गरेको थियो । श्रेष्ठका अनुशार हाल सम्म नेपालको जनसंख्याको कुल २५ प्रतिशत जनताहरुले मात्र जीवन बीमा गरेको तथ्यांक रहेको बताउनु भयो । यसै गरी श्रेष्ठले, अहिलेको समयमा जीवन वीमा कम्पनीले धेरै बेरोजगारीहरु लाई रोजगारी सृजना गर्ने कार्य गरेको बताउदै सर्वसाधारणहरुले जीवन वीमा गर्दा बजारमा चलेको हल्ला भन्दा पनि राम्रो बीमा कम्पनीमा वीमा गर्न अनुरोध समेत गर्नु भयो ।

भैरवी गाउपालीका वडा नं.४का वडा अध्यक्ष वीरेन्द्रबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रमम स्थानीय समाजसेवी, शाखाका एजेन्सी म्यानेजरहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण ढुल्लु मार्किटिंग दिपकबहादुर कार्किले गर्नु भएको थियो।