
कञ्चनपुर, ८ भदौ । कञ्चनपुरमा बिहीबार बेलुकी ५ बजेदेखि जारी गरेको कर्फ्यू शुक्रबार बिहान ५ बजे देखि हटाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहान ५ बजेपछि कर्फ्यू खुलेको जानकारी दिएको हो । १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले नक्कली अभियुक्त खडा गरेको आरोप लगाउदै आन्दोलन चर्केपछि स्थानीय प्रशासनले बिहीबार बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।
कर्फ्यूकाबीच राति कुनै पनि किसिमको अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । बिहान ५ बजेपछि कर्फ्यू खुलेपछि बजारमा मानिसहरुको चहलपहल देखिएको छ । बिहानै महेन्द्रनगर बजार शान्त रहेको तर फेरि पनि आन्दोलनकारीहरु प्रदर्शनमा उत्रने सम्भावना रहेकोले शान्ति सुरक्षाको अवस्था मजवुद बनाइएको प्रहरीले जनाएको छ । आन्दोलन चर्कने सम्भावना देखिएमा शुक्रबार पनि कर्फ्यू आदेश जारी गर्ने स्थानीय प्रशासनको तयारी छ ।
साभारः नेपालगाथा ।



Milan Shrestha । ८ भाद्र २०७५, शुक्रबार ०८:३९ बजे