कर्णालीमा कोरोनाका नयाँ १४३ र १६८ संक्रमित पुष्टि


१५ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण कर्णाली प्रदेशमा आज १ सय ४३ जनामा पुष्टि भएको छ ।

स्वास्थ्य सेवा  सुर्खेतका अनुसार २ सय ८ जनामा परीक्षण गर्दा खेरी १सय ४३ जनामा पुष्टि भएको हो ।

त्यस्तै Rapid Antigen प्रविधिद्वारा ३ सय ९० जनामा परीक्षण गर्दा १ सय ६८ जनामा संमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैबीच स्थानीय प्रशासनले सुर्खेतमा कोरोना सङ्क्रमण बढेको भन्दै १४ गते राती १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ