कञ्चनपुरमा पुनःअनिश्चितकालीन कर्फ्यू


भदौ ८, २०७५

महेन्द्रनगर – बलात्कारीलाई कारवाहीको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गरेपछि बढ्दै गएको तनाव नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

कर्फ्यू आदेशको सूचना जारी गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको जनाएका छन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क बमोजिम कर्फ्यू जारी गरिएको जनाइएको छ ।

‘आन्दोलनले उग्ररुप लिई सरकारी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउन सक्ने तथा अराजक भीडका कारण शान्ति भंग हुन जाने परिस्थिति सिर्जना भएकोले अर्काे आदेश नभएसम्म कसैले पनि घर बाहिर ननिस्कन, आवतजावत नगर्न, भेला जम्मा नहुन तथा कुनै प्रकारको गतिविधि नगर्न, नगराउन सर्वसाधारणको जानकारीको लागि कर्फ्यू आदेश जारी गरिएको छ,’ सूचनामा लेखिएको छ ।

साभारः लोकान्तर खबर ।