रोग अनुसारको योग हुन्छ र योग धर्म संग भन्दा पनि बिज्ञान सम्म जोडिएको हुन्छः योग शिक्षक टेकबहादुर रावल


सुर्खेत, ८ साउन । सुर्खेत जिल्लाको लाटीकोईलीमा अवस्थित एक मात्र ऐतिहासिक, प्राचिन एवंम् धार्मिक महत्व बोकेको शिब मन्दिरमा संचालन भैरहेको “शिवमहापुराण, श्रावण मेला लाटिकोइली सुर्खेत धार्मिक शिव महामहोत्व २०७५”मा आज देखि योग विज्ञान शिविर संचालनमा भएकोछ ।

कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर देखि करिब ३ कि.मी. दक्षिण खोर्के खोला र गोरे खाकल खोलाको दोभानमा अवस्थीत छुटै धार्मिक महत्व बोकेको जिल्लाकै प्रसिद्ध शिब मन्दिर, जसको उचित सम्भार र आय–श्रोतका कारण ओझेलमा पर्दे गईरहेको मन्दिरको व्यवस्थापनका लागि बाह्य आम्दानिको श्रोत नहुँदाका साथै प्रचार–प्रसारका अभावमा जिर्ण अवस्थामा पर्ने स्थीती रहे पछि जिल्लावासी बुद्धिजीवि एवंम् युवाहरुले उक्त स्थानलाई संरक्षणका साथै सुर्खेत जिल्लाकै स्मार्ट धार्मिक स्थलका रुपमा स्थापित गर्नका लागी यहि साउन ७ गते देखि साउन १७ गते सम्मका लागि शिव महापुराण, श्रावण मेलाका साथै लाटीकोईली सुर्खेत धार्मिक शिव महोत्सव–२०७५को सोमबार समउद्घाटन भई संचालनमा आएको हो ।

शिव महामहोत्सव–२०७५को दोस्रो दिन अर्थात् आज बिहान ५ बजे देखि योग विज्ञान शिविर संचालन भएको हो । महामहोत्सव–२०७५को मुल आयोजक समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले पासनमा बत्ति बालि विधिवत रुपमा योग शिविरको शुरु गर्नु भएको ११ दिन सम्म संचालन हुने योग शिविरका योग शिक्षकका रुपमा टेकबहादुर रावल रहने महामहोसत्व आयोजन समितिले जनाकारी दिएको छ ।

महामहोसत्वका योग शिक्षक एवंम् पतन्जली योग शिविर समितिका मन्त्रि टेकबहादुर रावलले रोग अनुसार योगको मुख्य उद्देश्य प्रत्येक ब्यक्तिले आफु स्वस्थ रहन र राम्रो संस्कार सिक्नका लागि प्रत्येक व्यक्तिले घर–घरमा योग गरुन भन्ने मुख्य उद्देश्य रहेको बताए, रावलका अनुसार सबैले यो २४ घण्टाको समय कम्तिमा पनि दिनमा १ देखि २ घण्टा योगलाई समय दिएर आफु स्वस्थ रहने, शान्त रहने र तनाव मुक्त रहनुका साथै सबैमा सकरात्म सोच रहोस् भन्ने हो ।
रावलले भने, यो योगको प्रचार–प्रसार गर्ने क्रममा यस्तो धार्मिक महात्वसवहरुमा स्वच्छ मन रहेको व्यक्तिहरुको बढी उपस्थित रहने स्थान रहेको हुँदा आफुले योग शिविरको संचालन गरको बताए ।