लाटीकोईलीमा सरसफाई


२७ माघ । सुर्खेत । महाशिव रात्रीको अवसरमा आज वीरेन्द्रनगर-९, लाटीकोइली सुर्खेत स्थित ऐतिहासिक शिव मन्दिर तथा सत्यनारायण मन्दिर परिसरमा आज सरसफाई गरिएको छ ।

वडा न‌ं ९ को आयोजना तथा स्थानीय टोल विकास संस्थाहरुको सहभागितामा सरसफाई गरिएको वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

अध्यक्ष मानन्धरले आफ्ना वडामा रहेका सम्पूर्ण टोल विकास संस्थाहरुलाई आआफ्नो टोलहरुलाई सफा राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगर कार्यपालिकाका प्रमुख देवकुमार सुबेदी तथा उपप्रमुख मोहनमाया ढकालको पनि सहभागिता रहेको थियो ।