
सुर्खेत– नेपालमा कृषि क्षेत्रको व्यापार विस्तारका लागि उन्नत प्रविधि पहुँच परियोजना सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका किसान लक्षित गरि सन् २०१५ देखि सुर्खेतमा लागु भएको उक्त परियोजना तीन वर्षपछि सम्पन्न भएको हो । यूएसएआईडी भारतको आर्थिक सहयोग तथा आईडिई नेपाल र सुन्दर नेपाल संस्था सुर्खेतको संयुक्त राझेदारीमा लागु भएको परियोजना सञ्चालन गरिएको थियो । कृषि उत्पादन, बजारीकरण एवम् उपभोग स्तरसम्मका कृषि क्षेत्रको परिचालन गरि दिगो वितरण श्रृंखला प्रर्णाली मार्फत हस्तान्तरण गरि तरकारी सहक्षेत्रहरुको उत्पादनकत्व बढाई रोजगारी सृजना गराउन सहयोग पु¥याउँदै आम्दानी बृद्धि गराउने उद्देश्य राखिएको थियो ।

परियोजनाले उपयुक्र कृषि प्रविधिको दिगो विस्तारको लागि निजी क्षेत्रको सहभागितामा सामुदायिक विक्रि सहजकर्ता पहिचान गर्ने रणनीति अनुसार काम गरेको सुन्दर नेपाल संस्थाका अध्यक्ष बेदप्रसाद भुसालले बताए । उनले किसान लक्षित गरि उत्पादन बृद्धि गर्न परियोजनाले सहयोग पुगेको बताए ।
परियोजना वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकबेशी नगरपालिकामा लागु भएको थियो । परियोजनाले साना सिँचाई प्रविधि, आईपीएम प्रविधि, कृषि उपजहरुमा काम गरेको परियोजनाका संयोजक भुपेन्द्र कंडेलले बताए । परियोजनाबाट एक हजार घरधुरी प्रत्यक्ष र ८ हजार २ सय ३० घरधुरी अप्रत्यक्ष रुपमा मुल्य श्रृंङ्खलमार्फत लाभाम्वित भएका छन् । समुदायमा रहेका नर्शरीबाट उत्पादन गरिएका बेर्ना पहिचान गरि छनौं तथा तालिम, कृषि उपज , संकलन केन्द्र, तथा हाट बजार स्थापना, नीजि क्षेत्रसँग सहकार्यसहित चुनौती कोष परिचालनलगायतका क्रियाकलापहरु गरिएको उनले जानकारी दिए ।
परियोजना सञ्चालनका लागि आएको ५६ लाख ४७ हजार मध्ये ६४ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । आईडीई नेपालका उप–टोली प्रमुख विनोदकुमार मीश्रले परियोजना प्रभावकारी बनेको बताए । नयाँ प्रविधिबारे समुदायस्तरमा बस्ने कृषकहरुले सुरुमै अपनत्व गर्न नसक्दा परियोजना सञ्चालनमा चुनौती देखिएको उनले बताए । प्राविधिक फाइदा सन्देश बारेमा कृषकहरुको ढोका–ढोकामा पुगेरै काम प्रभावकारी बनाइएको उनले बताए ।



Milan Shrestha । ८ भाद्र २०७५, शुक्रबार १६:४८ बजे